
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ३ फागुन । पाँचौं मेचीनगर गोल्डकपको लोगो सार्वजनिक गरिएको छ । आज काँकरभिट्टामा एक कार्यक्रमका बीच पाँचौं मेचीनगर गोल्डकपको लोगोसँगै ब्यानर र गीत समेत सार्वजनिक गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले लोगो सार्वजनिक गर्नु भएको हो । काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा आगामी फागुन २१ देखि २८ गतेसम्म गोल्डपक सञ्चालन हुँदैछ । प्रतियोगिताका आर्थिक समिति संयोजक तथा मेचीनगरका पूर्व नगरप्रमुख बिमल आचार्यले मेचीनगरमा धेरै राष्ट्रिय स्तरका खेलाडी उत्पादन भएको बताउनुभयो । उहाँले प्रतियोगिताले खेलाडी र खेल क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाले…
बिर्तामोड, ३ फागुन । तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद झापाको चौथो अधिवेशन शुरु भएको छ । झापाको बिर्तामोडमा तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद झापा र तमु ह्युल छोंज धी गुरुङ महिला राष्ट्रिय परिसद झापाको संयुक्त आयोजनामा अधिवेशन शुरु भएको हो । परिषदका झापा अध्यक्ष टिकाराम गुरुङको अध्यक्षता भएको कार्यक्रमको प्रमुख अतिथि परिषदका केन्द्रीय अध्यक्ष कर्णबहादुर गुरुङ रहनुभएको थियो । कार्यक्रमा प्राविधिक विषयमा उच्च शिक्षामा अध्ययनरत विद्यार्थीलाई सम्मान गरिएको थियो । लामा गुरुहरुले स्वतिवाचन गरेको कार्यक्रममा परिषदका झापा बरिष्ठ उपाध्यक्ष जगत गुरुङले स्वागत गर्नुभएको थियो । कार्यक्रममा उदय गुरुङ नेतृत्वको टोलीले स्वागत नृत्य समेत प्रस्तुत गरेका थिए…
झापा, ३ फागुन । आकर्षक तलबको प्रलोभनमा पार्दै क्यानाडा, अजरबैजान र मोरिसस पठाइदिन्छु भन्दै १४ जनालाई ठगी गरेको आरोपमा जिल्ला प्रहरी परिसर भक्तपुरले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–७ घर भई हाल चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ४१ वर्षीय गणेशबहादुर थापा र काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका–४ काफ्लेचोक घर भई हाल काभ्रेपलान्चोक बनेपा नगरपालिका–६ बस्ने ३९ वर्षीय दिनेशप्रसाद अधिकारी छन्। प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डिराज नेउपानेका अनुसार उनीहले लामो समयदेखि विदेश पठाइदिन्छु भन्दै झुक्याउँदै आएका थिए। पछि सम्पर्कमा नआएपछि १४ जना पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले थापा र अधिकारीलाई पक्राउ गरेको हो। अनुसन्धानका क्रममा १४ जना बेरोजगार…
झापा, ३ फागुन । इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा चेल्सी फराकिलो अन्तरले हारेको छ । ब्राइटनको घरेलु मैदानमा भएको खेलमा ब्राइटनले चेल्सीलाई ३–० को फराकिलो अन्तरले हराएको हो । ब्राइटनको जितमा यान्कुवा मिन्टेहले दुई तथा काओरु मिटोमाले एक गोल गरेका थिए । ब्राइटनले नोभेम्बर ९ पछि घरेलु मैदानमा पहिलो जित दर्ता गरेको हो। हारसँगै शीर्ष पाँचमा नै रहेको चेल्सीको यात्रा केही कठिन हुँदै गएको छ। २५ खेलबाट ४३ अंक भएको चेल्सी अंक तालिकाको चौथो स्थानमा छ। एक खेल कम खेलेको म्यानचेष्टर सिटी ४१ अंकमा तालिकाको पाचौँ स्थानमा छ। समान खेल र अंकबाट न्युक्यासल युनाइटेड छैटौँ स्थानमा…
झापा, ३ फागुन । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ६२ पैसा र बिक्रीदर १३९ रूपैयाँ २२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिदर १४५ रूपैयाँ ०७ पैसा र बिक्रीदर १४५ रूपैयाँ ७० पैसा निर्धारण गरिएको छ । यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७४ रूपैयाँ ४० पैसा र बिक्रीदर १७५ रूपैयाँ १५ पैसा कायम गरिएको छ । स्विस फ्र्याङ्क एकको खरिददर १५३ रूपैयाँ ६७ पैसा र बिक्रीदर १५४ रूपैयाँ ३४ पैसा तय गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ…
झापा, ३ फागुन । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै बिहानीपख तराईका केही भू–भागहरूमा हुस्सु–कुहिरो लाग्ने हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
झापा, ३ फागुन । झापाको भद्रपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा ४४ करोड ५७ लाख ३७ हजार चार सय ५१ राजस्व सङ्कलन गरेको छ । प्रमुख मालपोत अधिकृत राजेशप्रसाद पोखरेलका अनुसार सात महिनामा १७ हजार पाँच सय ६९ रजिष्ट्रेसन पारित भएका छन् । यसैगरी मृत्युपछिको नामसारी पाँच सय ६७, घर कायम पाँच सय ८७, हाल साबिक अद्यावधिक नौ सय ८९, दाखिला खारेज एक सय ७१, संशोधन नौ सय १४, मोही बाँडफाँट ११, मोही नामसारी नौ र तीन सय ७० जनाको मोही लगत कट्टा भएको छ । प्रमुख पोखरेलले आर्थिक मन्दीका कारण घरजग्गा कारोबारमा उल्लेखनीय वृद्धि हुन…
बिर्तामोड, २ फागुन । धार्मिक तथा पर्यटकीय स्थलमा भौतिक संरचना निर्माण गर्दा विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ । नेपाल इन्जिनियर्स एशोसिएसन बिर्तामोड स्थानीय केन्द्रले आज आयोजना गरेको धार्मिक तथा पर्यटकीय स्थलमा निर्माण गरिने भौतिक संरचनाका विषयमा सरोकारवाला विज्ञहरुसँगको प्यानल डिस्कशनमा सहभागीले त्यस्तो जोड दिएका हुन् । पर्यटनको विकास तीर्थाटनबाट शुरु भएको बताउँदै उनीहरुले धार्मिक, ऐतिहासिक, प्राकृतिक सबै पक्षमा ध्यान दिएर धार्मिक पर्यटकीय स्थलमा भौतिक संरचना निर्माण गर्दा विशेष ध्यानदिनुपर्नेमा जोड दिएका छन् । एशोसिएसनले ‘पौराणिक तथा पुरातात्विक ढंगले प्रतिष्ठित देवी, देव क्षेत्रलाई पर्यटकीय एवम् धार्मिक पर्यटकीय स्थलको रुपमा संरक्षण र विकसित गर्ने उदेश्यले निर्माण गरिने भौतिक संरचना’ का विषयमा…
झापा, २ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भोलि फागुन ३ गते झापाको दमक आउने हुनुभएको छ । माओवादी केन्द्र नगर अधिवेशनलाई सम्बोधन गर्न उहाँ भोलि दमक आउन लाग्नुभएको हो । नगर अधिवेशन उद्घाटनपूर्व दमकको मुख्य चोकमा आयोजित सभालाई समेत अध्यक्ष प्रचण्डले सम्बोधन गनेर् कार्यक्रम तय गरिएको जिल्ला अध्यक्ष राजु आचार्य (अग्नी) ले जानकारी दिनुभयो । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी ओलीको गृह जिल्लामा पछिल्लो समय प्रचण्डको बाक्लो उपस्थितिलाई लिएर राजनीतिक वृत्तमा चर्चा शुरू भएको छ । केही समय अघि बिर्तामोड र गौरीगञ्जमा भएको पार्टीको कार्यक्रममा सहभागी भएका प्रचण्ड दमक पछि फागुन १२ गतेदेखि…
इलाम, २ फागुन । इलामको हिमाल दोलखा हाइड्रोपावरले जलविद्युत आयोजना सञ्चालन गर्दा पानीको प्रयोगलाई लिएर विवाद उत्पन्न भएको छ। स्थानीयले कम्पनीले नियम मिचेर खोलाको पानी प्रयोग गरेको आरोप लगाएका छन् भने वडाले समेत पानीलाई खोलामा प्राकृतिक रुपमै सञ्चालन गर्न भन्दै कम्पनीलाई पत्रचार समेत गरेको छ । जलविद्युत आयोजनाले न्यूनतम १० प्रतिशत पानी खोलामै छोड्नु पर्ने व्यवस्था छ। तर हिमाल दोलखा हाइड्रोपावरले नियम विपरीत खोलाको पानी जलविद्युत आयोजनामा लगेको स्थानीयको भनाई छ । इलाम नगरपालिका १० मा पर्ने उक्त जलविद्युत आयोजनाले राजदुवाली भन्दा माथिबाट आयोजनामा पानी लैजाँदा त्यसभन्दा तल्लो खोला क्षेत्रमा पानी छोडे पनि उक्त पानी पावर हाउस भन्दा माथिबाटै क्यासकेट…