jhapaonline add

दमक , ३ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदन र सडकबाट भ्रष्टाचारविरुद्धको अभियान निरन्तर अघि बढ्ने बताएका छन् । नेकपा माओवादी केन्द्र दमक नगर समिति झापाको दोस्रो अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । आफूले तेस्रोपटक प्रधानमन्त्रीको जिम्मेवारी लिएपछि भ्रष्टाचारविरुद्ध युद्ध लड्ने नयाँ सङ्कल्प लिएको र सरकारबाट बाहिरिएपछि सुशासनको एजेण्डालाई लिएर देशव्यापी अभियान थालेको स्मरण गराउँदै उनले अब पार्टीले देशव्यापी अभियानको रूपमा यसलाई अघि बढाउने बताए ।‘मैले सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा, विभेदका विरुद्ध सामाजिक न्यायका पक्षमा र आर्थिक संकटबाट देशलाई मुक्त गरेर आर्थिक सुधारको वातावरण बनाउन…

Read More

बिर्तामोड, ३ फागुन । झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगितामा अर्जुनधारा नगरपालिका उपाधि नजिक पुगेको छ । स्थानीय डोमालाल राजवंशी रंगशालामा शनिबार भएको अन्तिम सेमिफाइनल खेलमा भद्रपुर नगरपालिकालाई २–० गोलले पराजित गर्दै अर्जुनधारा नगरपालिका फाइनलमा पुगेको हो । अर्जुनधाराले फाइनल खेलमा कनकाई नगरपालिकासँग भेट पक्का गरेको छ । अर्जुनधाराका लागि कप्तान जेनिफर रानामगर र मेनुका आलेमगरले गोल गरेकी हुन् । खेलको अधिकांश समय अर्जुनधाराले भद्रपुरलाई दबाबमा राखेको थियो । पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । तर, दोस्रो हाफको २ मिनेटमै अर्जुनधाराकी जेनिफरले गोल गर्दै अग्रता दिलाएकी हुन् । यस्तै, मेनुकाले दोस्रो हाफको १३औँ मिनेटमा…

Read More

शनिश्चरे, ३ फागुन । ‘पूर्वाञ्चल गट ट्यालेन्ट सिजन’ ६ को फाइनल राउण्डमा प्रवेश गरेका दिनेश भारतीलाई भोट गरिदिन नेपाल दशनामी समाज केन्द्र, प्रदेश, जिल्ला र नगरले सवैमा आग्रह गरेका छन् । कोशी प्रदेशकै सवै भन्दा ठूलो गायन रियालिटी शो ‘पूर्वाञ्चल गट ट्यालेन्ट सिजन’ ६ को टप ५ अर्थात फाइनल राउण्डमा पुगेका भारतीलाई भोट गरेर बिजेता बनाउन समाजका तीनै तह र तप्काका अध्यक्षले आग्रह गरेका हुन् । नेपाल दशनामी समाज बिर्तामोड नगरसमितिद्धारा आज (शनिवार) अर्जुनधारास्थित सालवारी झीलमा आयोजित बन भोज कार्यक्रममा बत्ताहरुले दिनेश दशनामीहरुका प्रतिभा भएकाले उनलाई बिजेता बनाउन साथ सहयोगसँगै भोट गरिदिन आग्रह गरेका छन् । समाजका बिर्तामोड नगर अध्यक्ष…

Read More

शिवसताक्षी, ३ फागुन । शिवसताक्षी नगरपालिका वडा नं. ३ पाराबारीमा सोनाम ल्होछार २८६१ पर्व धुमधामका साथ विभिन्न साँस्कृतिक कार्यक्रम गरी मनाइएको छ । नेपाल तामाङ घेदुङ संघ शिवसताक्षी ३ को आयोजनामा सोनाम डुल ल्हो ल्होछार धुमधामका साथ मनाइएको हो । वडा नं. ३ को पाराबारी बजारमा भएको ल्होछार पर्व कार्यक्रमको नेपाल तामाङ घेदुङ संघका कोशी प्रदेश अध्यक्ष रेखबहादुर तामाङले उद्घाटन गरेका थिए । कार्यक्रममा ल्होछार पर्व मनाउन सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको आयोजक नेपाल तामाङ घेदुङ संघ शिवसताक्षी वडा नं. ३ ले जनाएको छ । कार्यक्रमका लागि वैदेशिक रोजगारीमा गएका दाजुभाईहरुले सहयोग गरेको र उहाँहरुको परिवारलाई सम्मान पत्र प्रदान गरिएको…

Read More

झापा, ३ फागुन । पाँचौं मेचीनगर गोल्डकपको लोगो सार्वजनिक गरिएको छ । आज काँकरभिट्टामा एक कार्यक्रमका बीच पाँचौं मेचीनगर गोल्डकपको लोगोसँगै ब्यानर र गीत समेत सार्वजनिक गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले लोगो सार्वजनिक गर्नु भएको हो । काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा आगामी फागुन २१ देखि २८ गतेसम्म गोल्डपक सञ्चालन हुँदैछ । प्रतियोगिताका आर्थिक समिति संयोजक तथा मेचीनगरका पूर्व नगरप्रमुख बिमल आचार्यले मेचीनगरमा धेरै राष्ट्रिय स्तरका खेलाडी उत्पादन भएको बताउनुभयो । उहाँले प्रतियोगिताले खेलाडी र खेल क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाले…

Read More

बिर्तामोड, ३ फागुन । तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद झापाको चौथो अधिवेशन शुरु भएको छ । झापाको बिर्तामोडमा तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद झापा र तमु ह्युल छोंज धी गुरुङ महिला राष्ट्रिय परिसद झापाको संयुक्त आयोजनामा अधिवेशन शुरु भएको हो । परिषदका झापा अध्यक्ष टिकाराम गुरुङको अध्यक्षता भएको कार्यक्रमको प्रमुख अतिथि परिषदका केन्द्रीय अध्यक्ष कर्णबहादुर गुरुङ रहनुभएको थियो । कार्यक्रमा प्राविधिक विषयमा उच्च शिक्षामा अध्ययनरत विद्यार्थीलाई सम्मान गरिएको थियो । लामा गुरुहरुले स्वतिवाचन गरेको कार्यक्रममा परिषदका झापा बरिष्ठ उपाध्यक्ष जगत गुरुङले स्वागत गर्नुभएको थियो । कार्यक्रममा उदय गुरुङ नेतृत्वको टोलीले स्वागत नृत्य समेत प्रस्तुत गरेका थिए…

Read More

झापा, ३ फागुन । आकर्षक तलबको प्रलोभनमा पार्दै क्यानाडा, अजरबैजान र मोरिसस पठाइदिन्छु भन्दै १४ जनालाई ठगी गरेको आरोपमा जिल्ला प्रहरी परिसर भक्तपुरले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–७ घर भई हाल चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ४१ वर्षीय गणेशबहादुर थापा र काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका–४ काफ्लेचोक घर भई हाल काभ्रेपलान्चोक बनेपा नगरपालिका–६ बस्ने ३९ वर्षीय दिनेशप्रसाद अधिकारी छन्। प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डिराज नेउपानेका अनुसार उनीहले लामो समयदेखि विदेश पठाइदिन्छु भन्दै झुक्याउँदै आएका थिए। पछि सम्पर्कमा नआएपछि १४ जना पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले थापा र अधिकारीलाई पक्राउ गरेको हो। अनुसन्धानका क्रममा १४ जना बेरोजगार…

Read More

झापा, ३ फागुन । इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा चेल्सी फराकिलो अन्तरले हारेको छ । ब्राइटनको घरेलु मैदानमा भएको खेलमा ब्राइटनले चेल्सीलाई ३–० को फराकिलो अन्तरले हराएको हो । ब्राइटनको जितमा यान्कुवा मिन्टेहले दुई तथा काओरु मिटोमाले एक गोल गरेका थिए । ब्राइटनले नोभेम्बर ९ पछि घरेलु मैदानमा पहिलो जित दर्ता गरेको हो। हारसँगै शीर्ष पाँचमा नै रहेको चेल्सीको यात्रा केही कठिन हुँदै गएको छ। २५ खेलबाट ४३ अंक भएको चेल्सी अंक तालिकाको चौथो स्थानमा छ। एक खेल कम खेलेको म्यानचेष्टर सिटी ४१ अंकमा तालिकाको पाचौँ स्थानमा छ। समान खेल र अंकबाट न्युक्यासल युनाइटेड छैटौँ स्थानमा…

Read More

झापा, ३ फागुन । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ६२ पैसा र बिक्रीदर १३९ रूपैयाँ २२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिदर १४५ रूपैयाँ ०७ पैसा र बिक्रीदर १४५ रूपैयाँ ७० पैसा निर्धारण गरिएको छ । यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७४ रूपैयाँ ४० पैसा र बिक्रीदर १७५ रूपैयाँ १५ पैसा कायम गरिएको छ । स्विस फ्र्याङ्क एकको खरिददर १५३ रूपैयाँ ६७ पैसा र बिक्रीदर १५४ रूपैयाँ ३४ पैसा तय गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ…

Read More

झापा, ३ फागुन । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै बिहानीपख तराईका केही भू–भागहरूमा हुस्सु–कुहिरो लाग्ने हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

Read More