
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, २६ पुस । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही भूभागहरूमा हुस्सु तथा कुहिरो लागेको अवस्था छ । कोशी प्रदेशमा दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको…
झापा, २६ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले निर्धारण गरेको दरअनुसार आज अमेरिकी डलर र युरोपियन युरोको मूल्य स्थिर रहेको छ । यस्तै, सिङ्गापुर डलर, जापानी येन, थाई भाट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, कुवेती दिनार, बहराइन दिनारको मूल्य भने बढेको छ । युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, कतारी रियालको मूल्य घटेको छ । विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिदर एक सय ३७ रूपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३७ रूपैयाँ ६६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर एक सय ४१…
झापा, २६ पुस । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई परिवारको जिम्मा लगाइएको छ । लामिछानेविरूद्ध काठमाडौँमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज उहाँ आफैँ काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । अदालतबाट छुटेपछि प्रहरीले पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर लामिछानेलाई परिवारको जिम्मा लगाएको थियो । अदालतको आदेशानुसार रू ६५ लाख धरौटी बुझाएर उहाँ कास्की प्रहरीको हिरासतबाट रिहा हुनुभएको थियो । उहाँसँगै उक्त मुद्दाका छ जना प्रतिवादी धरौटी रकम बुझाएर रिहा भएका हुन् । लामिछाने, छविलाल जोशी, लीला पछाईँ, रामबहादुर खनाल,…
झापा, २५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले ६५ लाख धरौटीमा छाड्न आदेश दिएको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो । लामिछानेले धरौटी रकम बुझाएर तारेखमा मुद्दाको पुर्पक्ष गर्न सक्नेछन् ।
झापा, २५ पुस । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लिका अध्यक्ष भवानीप्रसाद (भानु) दङ्गालले सहकारी संस्कृतिको विकास हुन नसक्दा अभियान कमजोर भएको बताए । हाम्रो साकोसको १२औं बार्षिक साधारणसभाको अन्तिम माइन्यूट प्रमाणीकरण कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघका सचिवसमेत रहेका उनले सदस्यहरूले सहकारी संस्कृति नबुझेको र राज्यले बुझाउन नसकेका कारण सहकारी अभियान कमजोर भएको बताएका हुन् । ‘बचतकर्ताले बचत गर्ने र ऋणी सदस्यले ऋण लगेर समयमा नतिर्दा संस्था कमजोर हुने हो,’ उनले भने, ‘यो सस्कृतिको विकास नहुँदा सिङ्गो सहकारी अभियान कमजोर हुन पुग्यो ।’ एउटा ब्यक्ति धेरै वटा सहकारी संस्थाको सदस्य बन्ने र एउटै व्यवसाय देखाएर सबै संस्थाबाट ऋण…
झापा, २५ पुस । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश लगानी सम्मेलन आगामी वैशाखमा गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विराटनगरमा आज बसेको बैठकले प्रदेश लगानी सम्मेलन आगामी वैशाख १८ र १९ गते गर्ने निर्णय गरेको हो । प्रदेश आमसञ्चारसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक कानुन, न्याय तथा प्रदेश मामिला समितिमा छलफल गरी पेस गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिनुभयो । कानुन, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जित प्रदेश जीवनाशक विषादी व्यवस्थापन गर्न बनेको विधेयक प्रदेश सभामा पेस गर्ने, कानुन, सोही समितिमा परिमार्जित मुख्य…
इलाम, २५ पुस । नेपालको पुरानो इतिहास बोकेको निशान पद मार्ग पहिचान गरि यसको संरक्षणको प्रयास थालिएको छ । इलामका ३ पालिका र नेपाली सेनाको रण सार्दल गणले दुई सय वर्षअघिको इतिहास स्मरण गर्दै इलाममा निसान पदयात्रा सुरु गरिएको छ । निशान वीरतापूर्ण इतिहास पछिको सन्धिलाई स्मरण गर्दै भारतीय सीमा सूर्योदय नगरपालिका ४ मेचीबाट इलाम सूर्योदयको विभिन्न स्थान हुँदै माहजोगमाई गाउँपालिका हात्तीटार भएर इलाम सदरमुकाम सम्मको ३ दिने पदयात्रा थालिएको हो । नेपाल एकीकरणताका पूर्वी सीमा विजय गरेर गाडिएका निसान जुन बाटो भएर फर्काइएको थियो, त्यही बाटो संरक्षण गर्दै पर्यटन प्रवर्धन गर्न करिब २ सय ५० भन्दा बढीले पदयात्रा थालेका…
धनकुटा, २४ पुस । धनकुटाको साँगुरीगढी गाउँपालिका–९ स्थितबाट प्रहरीले गोली फायर गरी लागूऔषध गाँजा बोकेको ५ वटा मोटरसाइकलसहित ६ जनालाई पक्राउ गरेको छ । पुस २४ गते बिहान सवा ४ बजे लागूऔषध गाँजा बिक्रिवितरण तथा ओसार पसार भइरहेको भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले साँगुरीगढी–९ स्थित कच्ची सडक खण्डमा चेकजाँचको क्रममा एक साथ आउँदै गरेको ५ वटा मोटरसाईकल रोक्ने क्रममा मोटरसाईकलमा सवार रहेका व्यक्तिहरुले प्रहरी टोलीमाथी नै हातपात तथा ढुंगामुडा प्रहार गरे पश्चात प्रहरीले एसएलआर राइफलबाट एक राउण्ड हवाई फायर गरी ओसार पसारमा संलग्न रहेका ६ जनालाई उनीहरुले मोटरसाईकलमा बोकेको १२० किलोग्राम गाँजासहित ५ वटा…
शिवसताक्षी, २५ पुस । झापा शिवसताक्षीको दूधेमा रहेको श्री सेवारो बचत तथा ऋण सहकारी संस्था लि.को १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज शिवसताक्षी ११ स्थित भुपु सैनिक संघको सभाहलमा कार्यक्रम गर्दै साधारण सभा सम्पन्न भएको हो । वि.स. २०६३ सालमा विधिवत रुपमा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय, इनरुवा, सुन्सरीमा दर्ता गरी सुरु भएको सहकारी आज सम्म आइपुग्दा ५८१ शेयर सदस्य बनाउन सफल भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष दुर्गा देवी मगरले संचालक समितिको प्रतिवेदन प्रस्तुत गर्दै वित्तीय क्षेत्रमा विभिन्न संकट परेता सहकारीले आफ्नो काम निरन्तर गर्दै वित्तीय क्षेत्र चलायमान बनाउन सफल भएको बताइन् । उनले वित्तीय…
बिर्तामोड, २५ पुस । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था १२ औं वार्षिक साधारणसभा अन्तरगत अन्तिम माइन्यूट प्रमाणीकरण भेला आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भवानीप्रसाद दंगाल (भानु) को अध्यक्षतामा तथा झापा जिल्ला सहकारी संंघका अध्यक्ष गणेश ढकाललको प्रमुख आतिथ्यमा १२ औं वार्षिक साधारणसभा अन्तरगत अन्तिम माइन्यूट प्रमाणीकरण भेला आज सम्पन्न भएको हो । संस्थाका अध्यक्ष दंगालले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै कारोबारको हिसाबमा हाम्रो नेपाल कोशी प्रदेशमा छैठौं ठूलो रहेको बताउनुभयो । “बचतको तुलनामा ऋण लगानी धेरै गर्ने पनि हाम्रो नेपाल सहकारी नै हो”, उहाँले भन्नुभयो, “छोटो समयमा संस्थाले उल्लेख्य प्रगति गरेको…