विराटनगर, ६ चैत्र । झापा र धनकुटाको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चैत्र ०५ गते झापा मेचिनगर नगरपालिका–६ स्थितमा लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङ कानेपोखरी गाउँपालिका–६ का २४ बर्षीय अबिन्द्र लिम्बुलाई १ ग्राम ४६० मिलिग्राम लागू औषध खैरो हिरोईनसहित पक्राउ गरेको छ ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलिले लागु औषधको कारोबार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा धनकुटा नगरपालिका–७ जिरोप्वाईन्ट स्थितबाट २१ बर्षीय रविन राई र १८ बर्षीय रोशन मल्लिकलाई प्रतिबन्धित औषधी ट्रामोल–२ सय ५ क्याप्सुल, स्पास्मो–१ सय २५ चक्की र डिकोलिक–५९ चक्कि सहित नियन्त्रणमा लिएको हो ।
प्रतिबन्धित लागू औषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहको छ


