
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
भद्रपुर, २२ पुस । झापा उद्योग संघले जिल्लाको सदूर दक्षिणी कचनकवल गाउँपालिकाको एक सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई जाडोमा लगाउन न्यानो कपडा स्वेटर वितरण गरेको छ । संघले आज सोमबार सुदूर–दक्षिणी कचनकवल–४ स्थित शारदा प्राथमिक विद्यालयमा अध्ययनरत १८० विद्यार्थीलाई स्वेटर वितरण गरेको हो । विद्यालय परिसरमा संघका अध्यक्ष यमबहादुर श्रेष्ठको अध्यक्षतामा आयोजित संक्षिप्त समारोहका बीच प्रमुख अतिथि कोशी प्रदेश सरकारका पूर्व भूमि व्यवस्था तथा सहकारी मन्त्री ओमप्रकाश सरावगी, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष एवम् झापा उद्योग संघका पूर्व अध्यक्ष टिकाराज ढकाल, संघका सचिव प्रदीपमणि रेग्मी, कचनकवल गाउँपालिका वडा नं ४ का वडा सदस्य सन्तोष गणेश, प्रादेशिक अस्पताल भद्रपुर…
बिर्तामोड, २२ पुस । बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले निर्माणधिन नगर अस्पताल भवनको आज अनुगमन गर्नु भएको छ । नगर प्रमुख प्रसाईले वडा नम्बर ३ का वडाअध्यक्ष मदन बुढाथोकी, कार्यपालिका सदस्य यमुना आचार्य, नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुनिल अधिकारी सहित भवनको अनुगमन गर्नु भएको हो । नगर प्रमुख प्रसाईले सम्झौता अवधि भित्रै काम सम्पन्न गर्न निर्देशन दिनुभयो । उहाँले निर्माण सामाग्रीको गुणस्तरमा ख्याल गर्नसमेत सुझाब दिनु भएको छ । भवनको २०८० बैशाख ८ गते १५ करोड ३४ हजार ३ सय ३६ रुपैँयामा विभाष इन्टरनेश्नल कन्ष्ट्रक्सन एण्ड सप्लायर्स प्रा।लि काठमाडौले सम्झौता गरेर काम गरीरहेको छ ।अहिलेसम्ममा ३५ प्रतिशत काम…
झापा, २२ पुस । झापा, सुनसरी, उदयपुर र धनकुटाबाट लागुऔषध सहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस २१ गते सुनसरीको वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-७ स्थितबाट उदयपुर त्रियुगा-१२ का १८ बर्षीय मुकेश गुप्ता, २२ बर्षीय दिपसन राई, १८ बर्षीय पुजन यादव, धरान-१९ का २१ बर्षीय रोहित कार्की र १९ बर्षीय अनुराग राईलाई ६ सय ट्याब्लेट प्रतिबन्धित औषधी स्पासपेन र ट्रामाडोल सहित नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय धरानले धरान-१३ का ४२ बर्षीय कुमार राईलाई स्पास्मो १५६ क्याप्सुल र Eskuf Cough Syrup २ बोतल सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी उदयपुर त्रियुगा नगरपालिका-११ का २० बर्षीय अभिषेक कार्की, त्रियुगा-१२…
झापा, २२ पुस । नेपाल व्यापार कर्मचारी संघ (युनिकम) झापाले व्यावसायिक क्षेत्रमा कार्यरत कर्मचारीका लागि ‘बेसिक ट्रेड युनियन कोर्स’ कार्यक्रम गरेको छ । झापाको कनकाई नगरपालिकास्थित भुरुङ्गामा वनभोजसहित उक्त कार्यक्रम गरेको हो । युनिकम झापा अध्यक्ष अर्पणा सापकोटाको अध्यक्षता तथा युनिकम नेपालका केन्द्रीय अध्यक्ष गजेन्द्रबहादुर पौडेलको प्रमुख आतिथ्य कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पौडेलले उद्योग र व्यावसायिक संस्थाहरुलाई स्थापित गर्न कर्मचारी–कामदारको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले युनिकमले कामदार र रोजगारदातालाई एकआपसमा जोड्न पुलको काम गर्दै आएको उल्लेख गर्नुभयो । कार्यक्रममा युनिकमका केन्द्रीय सदस्य भुषण कर्ण, सञ्चारकर्मी लीला अनमोल, तिम्सिना ट्रेडर्सका सञ्चालक मिनाल तिम्सिना लगायतले शुभकामना मन्तव्य राख्नुभएको…
बिर्तामोड, २२ पुस । नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष तथा बिर्तामोडका सफल व्यवसायी इन्द्रचन्द्र विन्दलले आफ्नो जन्म दिन बिर्तामोड उद्योग वाणिज्य संघमा मनाएका छन् । बालाजी इन्टरनेशनलका सञ्चालक समेत रहेका विन्दलले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी राहत कोष’मा २१ हजार रुपैयाँ प्रदान गर्दै आफ्नो जन्म दिन मनाएका हुन् । संघले एक करोड रुपैयाँ बरावरको अक्षयकोष व्यवसायीका लागि स्थापना गरेको छ । आपत विपद्मा परेका व्यवसायीलाई सहयोग पु¥याउन सकियोस् भन्ने उद्देश्यले संघले कोष स्थापना गरेको र संघको कार्य सह्रानीय भएको भन्दै विन्दलले जन्मोत्सवको अवसरमा रकम सहयोग गरेको बताए । विन्दलले बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेलाई सो…
झापा, २२ पुस । भारी हिमपातपछि हिमआँधीको पूर्व चेतावनी दिँदै अमेरिकाको छ राज्यमा आपतकाल घोषणा गरिएको छ । केन्टुकी, भर्जिनिया, कन्सास, अर्कांसस र मिसौरीलगायतका राज्यमा आपतकाल घोषणा गरिएको बीबीसीले जनाएको छ । देशभर ६० मिलियन बढी नागरिकलाई शीतकालीन अलर्ट जारी गरिएको छ । प्रतिघण्टा ५० माइलको गतिमा आउने भनिएको हिउँ र चिसो हावा मिश्रित आँधी निकै शक्तिशाली अनुमान गरिएको छ । जसले सोमबार मध्य र पूर्वी अमेरिका प्रभावित हुने बताइएको छ । पूर्वी क्षेत्रको ओहियो नदी घाँटी हुँदै फैलिएको आँधी सोमबार मध्य एटलान्टिकसम्म पुग्ने अनुमान गरिएको छ । एनओएएको मौसम पूर्वानुमान केन्द्रका अनुसार यो एक दशकपछिकै सबैभन्दा भारी हिमपात हो…
झापा, २२ पुस । नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१–८२ को पाँच महिनामा विभिन्न प्रकृतिका कारबाहीबाट दुई अर्ब २४ करोड बढी राजस्व सङ्कलन गरेको छ । विशेष कार्ययोजना लागु गरेको प्रहरीले विभिन्न कारबाही तथा अवैध क्रियाकलाप रोकथामका लागि अभियान सञ्चालन गरेको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार अवैध मालसामान बरामद, ट्राफिक कारबाही, हुण्डी, सुन, नदीजन्य उत्खननलगायत विभिन्न १० विधामा गरिएको कारबाहीबाट उक्त राजस्व सङ्कलन गरिएको हो । प्रवक्ता अधिकारीले सबैभन्दा बढी अवैध मालसामान बरामदबाट रु ९० करोड ५७ लाख ९४०।४२ प्रतिशत० राजस्व सङ्कलन भएको जानकारी दिनुभयो । ट्राफिक जरिवानाबाट रु ५२ करोड सात लाख अदालती…
बनियानी, २२ पुस । सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तरगत सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर झापाले आज सरसफाई र ट्युबेल निर्माण गरेको छ । सशस्त्र प्रहरीले भद्रपुर नगरपालिका–२ र ३ स्थित ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल किचकवधको सरसफाई र कचनकवल गाउँपालिका–४ मा ट्युबवेल निर्माण गरी उद्घाटन गरेको हो । सरसफाइ कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले धार्मिकस्थलहरूको संरक्षण हामी सबैको दायित्व भएको बताउँदै किचकवध सरसफाई अभियानले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो । सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईले सीमावासी जनताको हितमा सशस्त्र प्रहरी बल नेपालले गर्दै आएका सामाजिक कार्यहरूको चर्चा गर्दै धार्मिक स्थलहरूको संरक्षण, सीमा सुरक्षामा नागरिक सहकार्यको महत्व…
मेष : स्वास्थ्यमा खर्च बढ्ने योग छ। धेरै प्रयत्न गर्दा मात्र व्यावसायिक काम सम्पादन हुनेछ। विगतका समस्या बल्झिन सक्छन् तर साँझमा सल्टिन सक्छ। भ्रमणको योजना पनि बन्नेछ। वृष : आयव्यय बराबरी रहनेछ। बलले भन्दा बुद्धिले निर्णय लिनु उचित हुन्छ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। बेलुकीपख पारिवारिक जमघटमा मन रमाउनेछ। कामबाट फुर्सद मिल्नेछ। मिथुन : अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। परीक्षामा उत्तीर्ण हुन सकिनेछ। प्रेमीको साथ र सहयोग मिल्नेछ। पुँजी बजारले साथ दिनेछ। लामो यात्रा सुखद र सफल रहनेछ। खानपिनमा सावधानी अपनाउनु होला। कर्कट : सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ। बन्धुबान्धवबाट सहयोग मिल्नेछ। दिनको…
झापा, २२ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले तोकेको विनिमयदर अनुसार, अमेरिकी डलरलगायत केही विदेशी मुद्राको मूल्य आज स्थिर रहेको छ । युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, डेनिस क्रोनर, ओमनी रियालको भाउ बढेको छ । त्यसैगरी क्यानेडियन डलर, सिङ्गापुर डलर, थाई भाट, बहराइन दिनारको भाउ भने घटेको छ । अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ५४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ…