jhapaonline add

शिवसताक्षी, १ असार । झापाको शिवसताक्षीमा दुई दिवशीय एकीकृत जोखिम न्युनिकरण तथा जलवायु परिवर्तन अनुकूल सम्वन्धी तालिम सम्पन्न भएको छ । हेल्पिङ हेन्डसको आयोजनामा झिलझिलेमा उक्त तालिम सम्पन्न भएको हो । तालिममा समुदायमा आधारित कार्ययोजना निर्माण, जलवायु परिवर्तनका कारण र प्रभाव, यसले मानव जीवन तथा प्राकृतिक प्रणालीमा पार्ने असर, वातावरण संरक्षण तथा दिगो विकासबीचको अन्तरसम्बन्ध लगायतका विषयमा कार्यशाला सञ्चालन गरिएको हेल्पिङ हेन्ड्सका अध्यक्ष तिलचन्द्र अधिकारीले जानकारी दिनुभयो । तालिमको समापन कार्यक्रममा कोशी प्रदेश सभा सदस्य होम थापाले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन तालिमबाट हासिल गरेको ज्ञान, सीप र अनुभवलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभयो। उहाँले जलवायु परिवर्तनका कारण हरेक वर्ष विभिन्न…

Read More

झापा, १ असार । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको हिमाली र पहाडी भू–भागका साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईमा आंशिक बादल लागेको छ । साथै बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा छ । विभागका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थान तथा कर्णाली प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ । आज दिउँसो देशको हिमाली भू–भागमा साथै कोशी प्रदेशको पहाडी भू–भागमा साधारणतया बादल लाग्ने…

Read More

झापा, ३१ जेठ । झापाको बुद्धशान्ति गाउँपालिका–६ स्थित गौँडा टिमाई खोलामा नुहाउन तथा गर्मी छल्न गएका सात जनाको प्रहरीले सकुशल उद्धार गरेको छ । आइतबार साँझ करिब ७ः०० बजे खोलामा रहेका उनीहरू बाढीका कारण वारिपारि फसी बाहिर निस्कन नसकेपछि अस्थायी प्रहरी चौकी मंगलबारेमा टेलिफोन मार्फत जानकारी गराइएको थियो । सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बुधबारे, अस्थायी प्रहरी चौकी मंगलबारे तथा सशस्त्र प्रहरी बल नेपाल भुटानी शरणार्थी शिविर सुरक्षा बेस टिमाईबाट खटिएको संयुक्त टोली घटनास्थल पुगेको थियो । प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त प्रयासमा बाढीमा फसेका सातै जनाको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उद्धार गरिएकामध्ये…

Read More

बिर्तामोड, ३१ जेठ । बिर्तामोड नगरपालिकाले आयोजना गरेको ‘बिर्तामोड रोजगार मेला’ मार्फत १ सय ६४ जनाले रोजगारी प्राप्त गरेका छन्। बिर्तामोड उद्योग वाणिज्य संघसंगको सहकार्यमा अतिथि सदनमा शनिबारदेखि सञ्चालन भएको दुईदिने मेलाको समापन कार्यक्रममा मेलाका सहजकर्ता पाथवे नेपालका सेवक बजगाईले उक्त जानकारी दिनुभएको हो। उहाँका अनुसार मेलामा २ हजार ८ सय ७१ जनाले अवलोकन गरेका छन् । आवेदन दिएका १ हजार ७६ जनालाई रोजगारीका लागि थप पहल गरिने जनाईएको छ । मेलामा २५ वटा रोजगारदाता संघ–संस्थाका स्टल राखिएका थिए। मेला समापन समारोहमा बोल्दै प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईँले रोजगारदाता र रोजगार खोजी गर्ने व्यक्तिबीच समन्वय स्थापित भएकाले…

Read More

शालिक भट्टराई अन्तरेआकाशतिर हेरेर, आमाले लामो सुस्केरा हाल्दै भन्नुभयो– खै बाटो कति छ ! तिमिहरुका मितवाउको घरमा त पुगिन्न कि क्याहो केटाहो ।कोशी किनारको चमेरे पुलमै अध्याँरो झमक्क प¥यो । हेर्दा हेर्दै कालो ओड्ने घुम्लुङ्ग ओढेझै भयो । रात छिप्पिएर निष्पट्ट अध्याँरोमा पाहुना लाग्न पुग्दा उनिहरुले के भन्लान । सुनकोशीको किनारै किनार हामी दुई काँईलो म र आमा सल्लाबोटे मितवाको घर तर्फ सोझिदै थियो । नयाँ ब्याट्री हालेको टर्चलाईट काँईलाको हातमा बल्न शुरु गरि सकेको थियो । म लगायत तिनै जनाको झोला कुम्लो कुटुरो निक्कै भारी/ग¥ह्रौ थियो । मधेशबाट पहाड जाने क्रममा नून, तेल, मरमसला साथमा जो हुन्छ । साँझ…

Read More

भद्रपुर, ३१ जेठ । प्रखर कवि एवम् पत्रकार राजेश ढुंगानाकृत ‘मुटु फलाम भएर’ कविता संग्रह विमोचन भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंको सभाहलमा शनिबार वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले कवि ढुंगानाको तेस्रो कविता संग्रहको विमोचन गर्नुभएको हो । प्राडा लक्ष्मणप्रसाद गौतमले कवि राजेशको कवित्व र सिर्जनाको मौलिक वैशिष्ठ्य बारे टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा सात्यिकार कृष्ण धरावासीले ढुंगानाको सिर्जना कवितादेखि पत्रकारितासम्मको यात्राको बारेमा सुनाउनुभएको थियो । कवि ढुंगानाका कवितामा सिर्जनशीलता, प्रभावोत्पादक, सन्देशमूलक, क्रान्ति चेतयुक्त र परिवर्तन अपेक्षु रहने गरेको उहाँले बताउनुभयो । यसअघि कवि राजेशको ‘सुकिला मान्छेको सामूहिक मृत्यु’ र ‘मैले खोजेको देश’ कविता संग्रह प्रकाशित छन् ।

Read More

झापा, ३१ जेठ । झापाको मेचीनगर नगरपालिका–४ मा जंगली हात्तीको आक्रमणबाट एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । आज बिहान करिब ४ः५५ बजे मेचीनगर–४ वडा कार्यालय अगाडि स्थानीय ६२ वर्षीया पद्मा पौडेललाई घरबाट बाहिर निस्कने क्रममा अचानक आएको जंगली हात्तीले कुल्चिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिनुभयो । घटनाको जानकारी पाएपछि प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीले घटनास्थल सुरक्षित राखेको छ भने थप अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी निरीक्षक वीरेन्द्र कोइरालाको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको निमित्त सूचना अधिकारी चौहाले बताउनुभयो ।

Read More

भद्रपुर, ३१ जेठ । झापाको भद्रपुर–२ स्थित नृत्यालय स्कूल अफ्् डान्सको आयोजनामा भएको ‘शुद्ध नृत्य युद्ध’को उपाधि भद्रपुरकी ओमालिसा मेचेले हात पारेकी छन् । प्रतियोगिता अन्तरगत शनिबार टप टेन प्रतियोगी बीच भएको ग्राण्ड फिनालेमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै ओमालिसाले उपाधि उचालेकी हुन् । उपाधिसँगै उनले नगद १५ हजार र ट्रफी प्राप्त गरेकी छन् । फिनाले राउण्डमा बिर्तामोडकी स्रष्टा राउत फस्र्ट रनर–अप र हल्दिबारीकी सन्दिपा नेम्बाङ सेकेण्ड रनर–अप भएकी छन् । उनीहरुले क्रमशः १० हजार र ५ हजार रुपैयाँ र ट्रफी पाएका छन् । अन्य सात प्रतिस्पर्धी सलिन मगर, खुसाङ तामाङ, दृशा रिजाल, अर्पण घिमिरे, सेमिहाङ्मा लिम्बू, सुजाता भट्टराई र रुस्ना…

Read More

भद्रपुर, ३१ जेठ । भद्रपुर झापा गोल्डकपको नवनिर्वाचित कार्यसमितिले आगामी दुई वर्षका लागि औपचारिक रुपमा कार्यभार सम्हालेको छ । शनिबार भद्रपुर–८ स्थित होटल एयरपोर्टको सभाहलमा प्रमाणपत्र ग्रहण, सपथ ग्रहण तथा पदस्थापनसँगै यही जेठ ९ गते सम्पन्न दोस्रो अधिवेशनबाट सर्वसम्मत निर्वाचित कार्यसमितिले औपचारिक रुपमा पदभार ग्रहण गरेको हो । भद्रप’र झापा गोल्डकपका संरक्षक, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा गोल्डकपको निर्वाचन समितिले आयोजना गरेको समारोहका अध्यक्ष निर्वाचन समितिका संयोजक दिपेन्द्र भट्टराईले गोल्डकपका नवनिर्वाचित पदाधिकारी–सदस्यहरुलाई विजयीको प्रमाणपत्र हस्तान्तरण गर्नुका साथै नवनिर्वाचित अध्यक्ष दिपेश ढकाललाई सपथ गराएका थिए भने अध्यक्ष ढकालले अन्य पदाधिकारी–सदस्यहरुलाई सपथ गराएका थिए । समारोहमा प्रमुख अतिथि नगरप्रमुख पोखरेल,…

Read More

बिर्तामोड, ३१ जेठ । मुद्रण उद्योग संघ झापाको आयोजनामा ‘ग्राफिक्स डिजाइनमा एआई (कृत्रिम बुद्धिमत्ता) को प्रयोग’ विषयक एकदिने तालिम कार्यक्रम शनिबार सम्पन्न भएको छ । ग्राफिक्स डिजाइन तथा मुद्रण क्षेत्रलाई प्रविधिमैत्री बनाउने उद्देश्यले बिर्तामोडको चारपानेमा आयोजित तालिममा जिल्लाका विभिन्न मुद्रण तथा डिजाइन व्यवसायसँग आबद्ध ४० जना सदस्यहरुको सहभागिता रहेको थियो । तालिममा प्रमुख प्रशिक्षकको रुपमा रहेर एआईको सम्भावना तथा डिजाइन क्षेत्रमा यसको प्रभावबारेमा गुगल जेमिनी एआई एजुकेटर उमाकान्त खनालले प्रशिक्षण दिनुभएको थियो । त्यस्तै, ग्राफिक्स डिजाइनका विषयमा प्रशिक्षक एकराज प्रधानले सहजीकरण गरेका थिए । प्रशिक्षकहरूले आधुनिक डिजाइन प्रविधि, एआई टुलहरूको प्रयोग, कार्यक्षमता वृद्धि तथा व्यवसायिक प्रतिस्पर्धामा एआईको भूमिकाबारे विस्तृत जानकारी…

Read More