jhapaonline add

झापा, ४ भदौ । वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाले उत्पादनमूलकतर्फको सीप परीक्षणको नतिजा प्रकाशित गरेको छ । ईपीएस शाखाले शुक्रबार कोरियन भाषा ९ईपीएस टोपिक २०२३ यूबीटी०को स्किल र कम्पिटेन्सी टेस्टको नतिजा प्रकाशित गरेको हो । गत १८ देखि २४ भदौसम्म भएको सीप परीक्षणमा ८ हजार ९३२ जना सहभागी भएका थिए । त्यसमध्ये ८ हजार १५१ जना उत्तीर्ण भएको ईपीएस शाखाले जनाएको छ ।

Read More

कचनकवल, ४ असोज । पथरिया माविका पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष स्वर्गीय लालध्वज केदेम लिम्बूको दोस्रो स्मृति दिवसको अवसरमा केदेम परिवारले कचनकवल गाउँपालिका वडा नं. ३ स्थित पथरिया माविलाई १० थान सिलिङ फेन र २० थान खेलकुद पोशाक हस्तान्तरण गरेको छ। कार्यक्रमको आयोजना बगान युथ क्लब कचनकवल–३ ले गरेको थियो भने सह(आयोजकको भूमिका पथरिया माविले निभाएको थियो।  कार्यक्रमको सभापतित्व पथरिया माविका प्रधानाध्यापक गुणराज गुरागाइँले गरेका थिए। प्रमुख अतिथि कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशी रहेका थिए भने विशेष अतिथिहरुमा केदेम परिवारका सदस्य रमला लिम्बू र चन्द्रमान केदेम, बगान युथ क्लबका अध्यक्ष पिताम्बर लिम्बू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयनारायण यादव,…

Read More

झापा, ४ असोज । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले साताभर मनसुनी वायुको प्रभाव रहने जनाएको छ । आगामी बिहीबारसम्म देशको हिमाली, पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली तथा तराई क्षेत्रमा साताको सुरुमा आंशिक बदलीदेखि मुख्यतया सफा, मध्य र अन्त्यमा आंशिक बदलीदेखि साधारणतया बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको हो । “साताको मध्य र अन्त्यमा देशका तराई भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साताको सुरुमा देशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा, मध्य र अन्त्यमा केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै साताको अन्त्यमा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका…

Read More

झापा, ४ भदौ । फिफाले सार्वजनिक गरेको वरियतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले नेपाल वरियताको १७६ औँ स्थानमा पुगेको छ । नेपालले पछिल्लो फिफा विन्डोमा कुनै प्रतिस्पर्धा गरेन । दक्षिण एसियाली वरियतामा नेपाल भन्दामाथि भारत १२६ र माल्दिभ्स १६३औँ स्थानमा छन् । यसैगरी भुटान १८४, बङ्गलादेश १८६, पाकिस्तान १९७ स्थान र श्रीलङ्का २००औँ स्थानमा छन् । वरियताको शीर्षस्थानमा अर्जेन्टिना यथावत् छ । यसैगरी फ्रान्स, स्पेन, इङ्गल्यान्ड, ब्राजिल, बेल्जियम छन् ।

Read More

बिर्तामोड, ४ असोज । झापाको बिर्तामोडमा असोज ७ गतेदेखि किताब मेला लाग्ने भएको छ । ‘दशैंको कोसेली किताब’ भन्ने नाराका साथ असोज ७ देखि २३ गतेसम्म किताब मेला लाग्ने भएको हो । वीरता रिडर्सको आयोजनामा किताब मेला लाग्ने भएको हो । किताब मेलामा साहित्य पत्रकार मञ्च बिर्तामोड र झापाली साहित्य समाजको सहकार्य रहेको छ भने स्टल व्यवस्थापन इशा बुक्स एण्ड स्टेसनरी बिर्तामोडले गर्ने भएको छ । विशेषगरी पठन संस्कृतिको विकास गर्ने उद्देश्यले पाठकलाई लक्षित गरी गरेर किताब मेला आयोजना गर्न लागिएको किताब मेलाका संयोजक सन्तोष आचार्यले जानकारी दिनुभयो । “आफ्ना कृतिहरुलाई पुस्तकाकार गरेर किताब निकाल्ने क्रम बढेको छ”, उहाँले भन्नुभयो,…

Read More

झापा, ४ असोज । कोशी प्रदेशमा ७८ वटा सहकारी उच्च जोखिममा रहेको पाइएको छ । सरकारको प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले प्रदेशको अनुगमन तथा नियमन क्षेत्रका ७८ वटा सहकारी संस्था उच्च जोखिममा रहेको जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार झापामा सबैभन्दा बढी ३५ वटा सहकारी संस्था उच्च जोखिममा छन् । कार्यालयले जोखिममा रहेका सहकारी संस्थाको नाम भने उल्लेख गरेको छैन । कार्यालयले प्रदेश कार्य क्षेत्र रहेका १०७७ वटा सहकारीमध्ये ४६२ वटा सहकारी संस्थाको निरीक्षण तथा वित्तीय विश्लेषण गर्दा एउटा पनि सहकारी अति न्यून जोखिममा देखिएको छैन । मध्यम जोखिममा १४१ वटा र न्यून जोखिममा आठ वटा सहकारी छन् ।…

Read More

झापा, ४ असोज । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानहरूमा, गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ।…

Read More

झापा, ४ भदौ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा पूर्वी नाका काँकरभिट्टाबाट रु आठ करोड ९९ लाख २० हजार आठ सय एक बराबरको मालवस्तु बंगलादेश निर्यात भएको छ । नेपाल पारवहन तथा गोदाम व्यवस्था लिमिटेड शाखा कार्यालय काँकरभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार सोही अवधिमा ६६ करोड ८४ लाख ३३ हजार एक सय ४२ बराबरको सामान बंगलादेशबाट आयात भएको छ । कार्यालयको तथ्याङ्कअनुसार नेपालबाट मुख्य रूपमा खुदो बङ्गलादेश निर्यात भइरहेको छ । दुई महिनामा रु सात करोड ६७ लाख ८१ हजार ५२२ मूल्य बराबरको खुदो निर्यात भएको छ । गोदाम व्यवस्था कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुुसार सो अवधिमा जुट, पेपर, औषधि,…

Read More

झापा, ३ भदौ । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आगामी माघ २ गतेसम्म ४२ जिल्लाका ६३ स्थानमा पर्वोत्सव सुपथ मूल्य पसल सञ्चालन गर्नेछ । दसैँ, तिहार, छठलगायत विभिन्न चाडपर्वमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तुको सहज र सहुलियत दरमा उपलब्ध गराउन सहुलियत पसल ल्याइएको कम्पनीले जनाएको छ । काठमाडौँ उपत्यकाका थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायकमा कम्पनीले बिक्री कक्ष सञ्चालित छन् । अनलाइनमार्फत अर्डर लिएर उपभोक्ताको भान्छासम्म उपभोग्य सामग्री पुर्याइने कम्पनीले जनाएको छ । सहुलियत पसलमा उपभोक्ताले विभिन्न प्रकारका चामल…

Read More

दाङ, ३ असोज । दाङको लमहीबाट घोराही आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घोराही–लमही सडकखण्डअन्तर्गत लमही नगरपालिका वडा नं.६ को वेलदमारभन्ने ठाउँमा रा ८ प २९४० नम्बरको मोटरसाइकल आज दुर्घटना हुँदा घोराही उपमहानगरपालिका–१८ नवलपुर निवासी २२ बर्षीय श्रवण पुन र घोराही उपमहानगरपालिका–४ निवासी २१ बर्षीय विनोद केसीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभएको छ ।

Read More