
झापा, २१ मंसिर । झापाको मेचीनगर नगरपालिकामा चोरीको सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंसिर १९ गते राति मेचीनगर–१० का ३३ वर्षीय अंकित सेठीयाले सञ्चालन गरेको भैरव स्टोरबाट कोही नभएको अवस्थामा ३ लाख रुपैयाँ बराबरको विभिन्न किसिमका लता कपडा चोरी भएको उजुरी परेको छ । घटना सम्बन्धमा सीसी फुटेजसहितको सहायता लिएर अनुसन्धान गर्ने क्रममा चोरीमा संलग्न देखिएका मेचीनगर–१० का २८ वर्षीय दुखु मिया र सोही स्थानका २१ वर्षीय तेजराज बिष्टलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई चोरीका सामानसहित मंसिर २० गते नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धुलाबारीले आज जिल्ला अदालत झापाबाट चोरी कसुरमा दिन चार म्याद थप गरी थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box


