झापा, २७ कात्तिक । झापाको मेचीनगरमा सिटी सफारीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगर नगरपालिका–१५ स्थित चौधरी चोकमा बुधबार साँझ सिटी सफारीको ठक्करबाट स्थानीय ७० वर्षीया लटन राजवंशी घाइते हुनुभएको थियो ।

ठक्करबाट टाउकोमा चोट लागेर घाइते हुनुभएकी राजवंशीलाई उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पताल लगिएको थियो । उपचारका क्रममा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरीले सफारी चालक मेचीनगर–१५ निवासी ५९ वर्षीय मोहन राजवंशीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो ।
Facebook Comments Box



