
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १६ कात्तिक । बजारमा खाना पकाउने एलपी ग्यासको खपत घटेको छ । ग्यासको आयात घटेसँगै खपतमा कमी भएको हो । विगतका वर्षमा वार्षिक १० देखि १५ प्रतिशत ग्यासको खपत बढ्ने गरेकामा गत आर्थिक वर्षमा पाँच प्रतिशतले खपत घटेको हो । पछिल्लो समय विद्युतीय चुलो (इन्डक्सन) को प्रयोग बढ्दै गएकाले पनि ग्यासको खपतमा कमी आएको देखिन्छ । बिजुली र अन्य स्रोतभन्दा सस्तो पर्ने हुँदा ग्यासको खपत बढी हुने गरेको छ । नेपाल आयल निगमका अनुसार आर्थिक वर्ष २०७९/८० मा ५३ अर्ब रुपियाँ बराबरको पाँच लाख १२ हजार मेट्रिक टन ग्यास आयात भएको छ । आव २०७८÷७९ मा ६१ अर्ब रुपियाँ…
झापा, १६ कात्तिक । चालू आर्थिक वर्षको साढे तीन महिनामा मात्रै १३ हजार ३ सय ४६ जना व्यक्ति तथा संस्था बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रका अनुसार बैंकहरूले दिएको सूचनाअनुसार १२ हजार ९ सय ८१ जना छन् भने लघुवित्तका मात्रै ३ सय ६५ जना कालोसूचीमा परेका छन् । गत असार मसान्तसम्ममा कुल ५३ हजार ७ सय ४ जना ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक वित्तीय संस्थामा कालोसूचीमा परेकामा १४ कात्तिकसम्ममा आइपुग्दा यो संख्या ६६ हजार ६ सय ८५ पुगेको छ । यसैगरी, लघुवित्तहरूमा ७ सय ७ जनाबाट बढेर १ हजार ७२ जना पुगेका छन् ।…
विष्णु आर्चाय वि.पोजेटिभ चाडपर्वसँगै अस्पतालमा बिरामीको सङ्ख्या बढ्दै गइरहेको छ । रक्तदान कार्यक्रम नियमित हुन नसक्दा रगत अभाव भएपछि जिल्लाका सरकारी, निजी र सामुदायिक अस्पतालमा आउने बिरामीको सङ्ख्या दिनहुँ बढ्दै गएको छ । अझ चाडपर्वको समयमा रक्तदानका कार्यक्रम कम हुने भएका कारण पनि रगत अभाव दिनप्रतिदिन बढ्दै गएको हो । रक्तदान कार्यक्रममा विगतमा जस्तो रक्तदाताको उत्साहजनक सहभागिता घट्दै गएको छ । दसैँअघि रक्तदान कार्यक्रम भए पनि रक्तदाताको सङ्ख्या घट्दा हाल रगतको अभाव भएको छ । दैनिक रुपमा सेतो रगतको माग अत्याधिक बढेको कारण पनि रगतको माग बढ्दै गइरहेको छ । चाडपर्वमा अधिकांश सडक दुर्घटना, क्यान्सर बिरामी, डेङ्गो रोगले ताजा (फ्रेस)…
झापा, १५ कात्तिक । मेचीनगर नगरपालिका–४ ले यस वर्षको तिहार र छठपर्वलाई लक्षित गरेर सयपत्री तथा मखमली फूल बाहिरबाट आयात गर्नु नपर्ने गरी खेती गरेको जनाएको छ । मेचीनगर –४ वडाध्यक्ष अर्जुन कार्कीले वडाले महिलाहरूको समिति नै बनाएर सामूहिक पूmलखेती गरेको बताए । उनले वडाका हरेक नागरिकले घर–घरमै आफूलाई पुग्ने गरी सयपत्री फूल लगाएको र अपुगमा वडाले समेत खेती गरेका कारण यस वर्षको तिहारमा भारतबाट फूल आयात गर्नु नपर्ने बताए । उनका अनुसार वडाले आफ्नै खर्चमा करिब १० कठ्ठा जमिनमा सयपत्री र मखमली फूलको खेती गरेको छ । फूलमा कोपिला लाग्न सुरु गरेकाले तिहारमा ढकमक्क फुल्ने उनले बताए । वडा…
झापा, १५ कात्तिक । झापाको गौरीगञ्जस्थित सशस्त्र सीमा सुरक्षा प्रहरी बलका गस्ती टोलीले गौरीगञ्ज गाउँपालिका–४ स्थित हुक्कागाछीको एक घरबाट तीन लाखभन्दा बढीको प्रतिबन्धित पटका बरामद गरेको छ । सीमा सुरक्षा बलका प्रहरी नायब उपरीक्षक विष्णुहरि घिमिरेको कमाण्डमा खटिएको टोलीले आज बिहान ८ बजे स्थानीय कारी अन्सारीको घरमा छापा मारी तीन बोरा पटका र एक बोरा बिडी र चुरोट बरामद गरेको हो । रासस
इलाम, १५ कात्तिक । इलामको इलाम नगरपालिका–१२ साङरुम्बामा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । मंगलबार छिमेकीको बारीमा घाँस काटिरहेको अवस्थामा चिलाउनेको रूखमा रहेको अरिङगालले टोकेर घाइते भएका स्थानीय ५९ वर्षीय यामबहादुर लिम्बु र उनको ज्वाइँ ३० वर्षीय सन्तोष लिम्बू घाइते भएका थिए । अरिङगालको टोकाइबाट घाइते भएका उनीहरुलाई उपचारको लागी जिल्ला अस्पताल इलाम ल्याइएको र थप उपचारको लागि बिर्तासिटी अस्पताल झापा लगिएकोमा उपचारको क्रममा मंगलबार राति पौने ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
झापा, १५ कात्तिक । झापाको मेचीनगर नगरपालिका–५ स्थित राजवंशी टोलबाट अवैध भन्सार छलीका रेडिमेड कपडाहरु प्रहरीले बरामद गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व विशेष सुरक्षा योजना अनुसार हिजो राति इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरी टोलीले भन्सार छली गरी नेपाल तर्फ ल्याउदै गरेको उलनको सर्ट ९३ पिस, जम्पर ११७ पिस र फुल भेष्ट १४ पिस बरामद गरेको हो । बरामद भएका करिब ४ लाख ५० हजार मूल्य बराबरको रेडिमेड कपडा आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालयमा बुझाइएको छ ।
झापा, १५ कात्तिक । काठमाडौं उपत्यकामा रगतको चरम अभाव देखिएको छ । रगतको व्यवस्थापनको जिम्मा पाएको नेपाल रेडक्रम सोसाइटी र रगतको निगरानी गर्ने जिम्मा पाएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको कमजोर व्यवस्थापनका कारण उपत्यकामा रगतको चरम अभाव देखिएको हो । रगत अभाव हुँदा उपत्यकाका विभिन्न अस्पतालमा भर्ना भएका बिरामीको ज्यान जोखिममा परेको छ । एकातिर चाडवाडपछि बिरामीका आफन्तहरु रगत खोज्न भौंतारिनुपरेको छ भने अर्कातिर अप्रेसन गर्नुपर्ने बिरामीको पनि रगत अभावका कारण समय लम्बिने गरेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला प्रमुख रुणा झाले चाडवाडमा रक्तदाताहरु उपत्यका बाहिर गएको हुनाले प्रत्येक वर्ष रगतको अभाव हुने बताए । रगतको अभाव हुन नदिन प्रत्येक ३ महिनामा…
झापा, १५ कात्तिक । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हेफर इन्टरनेसनल नेपालमार्फत सिन्धुलीका पाँच वर्षमा पाँच सय घरधुरी किसानलाई कोरली गाई दिने भएको छ । त्यसका लागि हेफर नेपालले सिन्धुलीमा परियोजना नै सञ्चालन गरेको छ । कोरिया सरकारले गत पुसमा ८० वटा बाछी र २१ वटा बाछा दिएको थियो । कृषि मन्त्रालयले बाछालाई चितवन, लहान, पोखरालगायत बिर्य उत्पादन केन्द्रमा पठाइदिएको छ भने ८० वटा गाई किसानलाई वितरण गर्न सिन्धुली पठाएको थियो । त्यहाँका ५१ जना किसानलाई सो बाछी वितरण गरिएको थियो । सो ८० वटा बाछीलाई विस्तार गरी सिन्धुलीको पाँच सय घरधुरी किसानलाई पु¥याउने लक्ष्य राखिएको हेफर इन्टरनेसनल नेपालले सञ्चालन…
झापा, १५ कात्तिक । सरकारले २१ थरी वन्यजन्तु घरमै पालन गर्न खुला गर्दै कानुन लागु गरेको दुई महिना भइसकेको छ । तर अहिलेसम्म यस विषयमा चासो राख्दै घरमै वन्यजन्तु पालन गर्न सरोकारवाला निकायमा एक जनाले पनि निवेदन दिएका छैनन् । व्यावसायिक रूपमा वन्यजन्तुको पालन, प्रजनन् र उपयोग गर्दै वन्यजन्तुको दिगो संरक्षण तथा प्रयोगबाट आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यले वन तथा वातावरण मन्त्रालयले यही भदौ १८ गते व्यावसायिक रूपमा वन्यजन्तुको पालन, प्रजनन तथा उपयोगसम्बन्धी मापदण्ड, २०८० पास गरेको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० को नियम ३६८ मा टेकेर उक्त मापदण्ड पास गरिएको थियो । मापदण्डअनुसार अब देखि २१ थरी वन्यजन्तु व्यावसायिक…