
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ९ असार । पूर्वी सीमा नाका काँकरभिट्टामा यात्रु तथा मालवस्तुको चेकजाँचलाई व्यवस्थित र प्रभावकारी बनाउन ‘एकीकृत जाँच एकाइ’ पुनः सञ्चालनमा आएको छ। सोमबारदेखि सञ्चालनमा आएको यस एकाइमा मेची भन्सार कार्यालय, इलाका प्रहरी कार्यालय काँकरभिट्टा तथा सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षा गुल्मका सुरक्षाकर्मीले एउटै स्थानबाट संयुक्त रूपमा यात्रुका सामानको परीक्षण गर्ने व्यवस्थाको शुभारम्भ गरेका हुन्। योसँगै सीमा सुरक्षा, भन्सार निगरानी तथा यात्रु सेवामा समन्वयात्मक सुधार हुने अपेक्षा गरिएको छ। जेनजी आन्दोलनका क्रममा क्षति पुगेपछि बन्द भएको ‘एकीकृत जाँच एकाइ’ झन्डै १० महिनापछि पुनः सञ्चालनमा आएको हो। मेचीनगर नगरपालिका–६ स्थित काँकरभिट्टा नाका भारतको पश्चिम बङ्गाल राज्यअन्तर्गत दार्जिलिङ जिल्लाको पानीट्याङ्कीसँग जोडिएको…
झापा, ९ असार । झापाको गौरीगञ्ज गाउँपालिका–३ सयपत्री टोलमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । आज बिहान करिब ६ः३० बजे गौरीगञ्ज–३ स्थित चन्द्रमाया श्रेष्ठको घरमा डेरा गरी बस्दै आएका भोजपुर आमचोक गाउँपालिका–९ निवासी ३० वर्षीय बलबहादुर श्रेष्ठ खेतमा आली खन्ने काम गरिरहेका बेला चट्याङ लागेर मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
झापा, ९ असार । झापाको झापा गाउँपालिका–५ पन्थापाडा हुलाकी राजमार्ग क्षेत्रमा लागूऔषध ब्राउन सुगरसहित दुई जना युवक पक्राउ परेका छन् । आइतबार साँझ प्रहरी चौकी शरणामतिबाट प्रहरी निरीक्षक तीर्थबहादुर भण्डारीको कमाण्डमा खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दुई जनालाई शंका लागेर जाँच गर्दा उनीहरूको साथबाट लागूऔषध बरामद गरेको हो । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–१० का २२ वर्षीय रोहित कटुवाल र २७ वर्षीय सन्तोष राजवंशी रहेका छन् । प्रहरीका अनुसार उनीहरूले कालो प्लास्टिकमा पोका पारेर लुकाइछिपाइ ल्याउँदै गरेको ब्राउन सुगरजस्तो देखिने खैरो लिसाइलो पदार्थ बरामद गरिएको छ । बरामद पदार्थको तौल प्लास्टिकसहित ६ ग्राम ४०० मिलिग्राम तथा प्लास्टिक बाहेक…
झापा, ९ असार । अर्जेन्टिना फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ। समूह ‘जे’ अन्तर्गत भएको खेलमा अष्ट्रियालाई २–० गोलले पराजित गर्दै अर्जेन्टिनाले अन्तिम ३२ मा स्थान सुरक्षित गरेको हो। अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेसी नायक बने। उनले टोलीका लागि दुवै गोल गर्दै ऐतिहासिक कीर्तिमानसमेत कायम गरे। खेलको ३८औँ मिनेटमा गोल गर्दै मेसीले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको नयाँ कीर्तिमान बनाएका हुन्। उक्त गोलसँगै मेसीको विश्वकप गोल संख्या १७ पुगेको थियो। यसअघि जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाभ क्लोजको नाममा १६ गोलसहित सर्वाधिक गोलको कीर्तिमान रहेको थियो। ३८ वर्षीय मेसीले केही दिनअघि अल्जेरियाविरुद्धको खेलमा ह्याट्रिक गर्दै क्लोजको कीर्तिमान बराबरी…
राजेन्द्र गौतमएउटा संसय थियोे गगन थापा चितवन जान्छन् कि जाँदैनन् । त्यही संसयलाई बाह्य शंकामा रुपान्तरित गर्दै अतिथि भएर कांग्रेस सभापति गगन थापा चितवन गए। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा आफ्नो र पार्टीको धारण राखे अनि काठमाडौ फर्किए । उनी काठमाडौबाट चितवन गएनन् मात्रै उनले रास्वपा महाधिवेशनमा जुन मत राखे त्यसले नेपाली राजनीतिमा एउटा ऐतिहासिक घटनाको आकार ग्रहण गर्दैछ । चितवनको सहिद मूमिमा उभिएर गगनले गगनभेदी स्वरमा भने ” कृपया ३५ वर्षमा केही भएन नभन्दिनु होला ! ” औसत बुझाईमा यो सामान्य तर्क हो , जुन हामीले धेरै गरेका छौँ । हामीले बुझ्ने औसत बुझाइ पनि यही हो । उनले…
झापा, ९ असार । सरकारले नेपालबाट भारतमा हुने चिया निर्यातमा देखिएको समस्या समाधान गर्नका लागि कार्यदल गठन गरेको छ । चिया निर्यातमा देखिएको समस्याको अध्ययन गरी दुई साताभित्र तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुझावसहितको प्रतिवेदन पेस गर्ने गरी कार्यदल गठन गरिएको प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कार्यदलको सदस्यहरूमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव, अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयका उपसचिव, परराष्ट्र मन्त्रालयका उपसचिव, कृषि, वन तथा पर्यावरण मन्त्रालयका उपसचिव, भन्सार विभागका उपमहानिर्देशक, खाद्य प्रविधि तथा गुण…
झापा, ९ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधरणतया बादल लागेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ । सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशका हिमाली र पहाडी भूभाग साथै कोशी प्रदेशका तराई भूभागमा साधरणतया बादल लाग्नेछ । मधेस प्रदेश तथा बागमती र गण्डकी…
झापा, ८ असार । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ पर्नुभएको छ । पूर्व अर्थमन्त्री समेत रहनुभएका पौडेललाई सम्पत्ति शुद्धीकरण विभागले आज दिउँसो सुर्खेतको वीरेन्द्रनगरबाट पक्राउ गरेको हो । एमाले पुनर्गठन सम्बन्धी सुझाव सङ्कलन कार्यक्रमका लागि सुर्खेत आइपुग्नुभएका पौडेललाई पक्राउ गरेर काठमाडौँ लैजाने तयारी भइरहेको सुरक्षा स्रोतले जनाएको छ । उहाँलाई वीरेन्द्रनगरस्थित होटलमा भइरहेको कार्यक्रम स्थलबाटै पक्राउ गरेर अहिले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ । सुरक्षा स्रोतका अनुसार पौडेलले गरेको सेयर कारोबार र सम्पत्तिको शङ्कास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको हो । यसअघि पौडेल ललिता निवास जग्गा प्रकरणमा समेत मुछिनुभएको थियो ।
झापा, ८ असार । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख तथा हैरानी दिएको आरोपमा १० जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले कोटेश्वर र जडीबुटी क्षेत्रमा सञ्चालित बस काउन्टरका कर्मचारी, चालक तथा सहचालकले यात्रुलाई अनावश्यक दुःख हैरानी दिएको आरोपमा आज १० जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनुषाका ४० वर्षीय सूर्यबहादुर देवकोटा, दोलखाका ३२ वर्षीय प्रकाश शिवाकोटी, भक्तपुरका ५५ वर्षीय हरिभजन थापा, दोलखाका ३८ वर्षीय डिल्लीप्रसाद लामिछाने, सिन्धुपाल्चोकका २८ वर्षीय सुरेश तामाङ रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिनुभयो । त्यस्तै सिन्धुलीका २७ वर्षीय तिलककुमार थापा, दोलखाका २६…
चितवन, ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्रका लागि प्रतिनिधिहरू हलभित्र प्रवेश गर्न थालेका छन्। चितवनस्थित उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा बन्दसत्रको आयोजना गरिएको हो। बिहानैदेखि बन्दसत्र सुरु हुने कार्यतालिका रहे पनि तयारी कार्य बाँकी रहेकाले कार्यक्रम केही ढिलो हुने नेताहरूले बताएका छन्। प्रदर्शनी केन्द्रका तीनवटा ठूला हलमध्ये दुईवटामा बन्दसत्रको व्यवस्था गरिएको छ भने अर्को हलमा प्रतिनिधिहरूका लागि खाजा तथा भोजनको व्यवस्था मिलाइएको छ। रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको प्रारम्भमा अनुशासन आयोगका संयोजक रमाकान्त रिमालले आयोगको प्रतिवेदन प्रस्तुत गर्नेछन्। प्रतिवेदनमाथि छलफलपछि कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन पेश गर्ने र त्यसमाथि पनि छलफल हुने कार्यसूची रहेको छ।…