jhapaonline add

झापा, ११ भदौ । राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा करिब सात हजार कुखुराको पोष्टमार्टम गरी विभिन्न रोग पहिचान गरेको छ । झापासहित १६ जिल्लाका किसानले पालेका कुखुराको पोष्टमार्टम तथा नमुना परीक्षणबाट विभिन्न रोगको सङ्क्रमण पत्ता लागेको हो । प्रयोगशालाका प्रमुख डा. विजयकुमार श्रेष्ठका अनुसार पोष्टमार्टम गरिएका कुखुरामा विभिन्न प्रकारका रोग देखिएका छन् । प्रयोगशालाले पोष्टमार्टमसँगै रोग पहिचानका लागि नमुना परीक्षणसमेत गर्दै आएको छ । १ हजार ५०० कुखुराको नमुना परीक्षण गर्दा १० प्रकारका रोग देखिएको श्रेष्ठले जानकारी दिनुभयो । परीक्षण गरिएका नमुनामध्ये २२ प्रतिशतमा इकोलाई, १३ प्रतिशतमा गम्बारो र नौ प्रतिशतमा कुखुराको घ्यारघ्यारसम्बन्धी रोग (सीआरडी) देखिएको छ ।…

Read More

संसारमा धेरै यस्ता मानिसहरु छन् जो बिहान एक कप कफी नपिइकन आफ्नो दिनको सुरुवात गर्दैनन् । यी मानिसहरुका अनुसार कफीले उनीहरुको दैनिक उत्पादकत्वमा धेरै राम्रो प्रभाव पार्छ । यस्ता कैयौं अनुसन्धानहरु भएका छन् जसले कफी स्वास्थ्यको लागि राम्रो भएको तथ्य पत्ता लगाएको छ । दिनमा तीनदेखि चार कप कफी पिउनु स्वास्थ्यको लागि धेरै नै राम्रो हुने मानिने पोषणविद् अतुल उपाध्याय बताउँछन् । उनका अनुसार दुध र चिनी नराखी कफी पिउनु सबैभन्दा राम्रो हुन्छ । ठिक्क मात्रामा कफी पिउँदा ऊर्जा बढ्ने, मानसिक एकाग्रता राम्रो हुने, टाइप–२ मधुमेह, कलेजोको रोग तथा मुटुसम्बन्धी समस्याको जोखिम कम हुने गर्छ । यसमा पाइने एन्टिअक्सिडेन्टले शरीरका…

Read More

झापा, ११ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि नेपाली सेनाका आठ वटा ट्रकमार्फत करिब आठ टन राहत सामग्री पठाइएको छ। बाढी प्रभावित क्षेत्रमा तत्काल राहत तथा मानवीय सहायता पुर्‍याउने उद्देश्यले राहत सामग्रीसहितका सेनाका ट्रक बुधबार राति नै प्रभावित क्षेत्रतर्फ पठाइएको हो। प्रभावित क्षेत्रमा पठाइएका राहत सामग्रीमा ५०० थान मच्छरदानी, बालबालिकाका लागि एक हजार थान डिग्निटी किट, २२० थान स्लिपिङ ब्याग, ५०० थान कम्बल, १० थान प्लास्टिक सिट, १०० थान त्रिपाल, ५०० थान सोलार बत्ती, ५०० थान सोलार बत्तीका प्लेट र ३० केभिए क्षमताको एक थान जेनेरेटरलगायत छन्। बाढीका कारण प्रभावित क्षेत्रमा जनजीवन कष्टकर भइरहेका बेला आवश्यक…

Read More

झापा, ११ भदौ । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। भोटेकोशी र त्रिशूली नदी प्रणाली हुँदै पानी, गेग्रान र ठूला ढुङ्गासहितको शक्तिशाली बाढी बगेपछि तल्लो तटीय क्षेत्रमा थप जोखिम हुनसक्ने भन्दै विज्ञहरूले सतर्कता अपनाउन आग्रह गरेका छन्। बुधबार बिहान करिब ९ बजे भोटेकोशी जलाधार क्षेत्रमा पानीको सतह तीव्र रूपमा बढेको थियो। बाढीका कारण रसुवासहित नुवाकोट र धादिङमा समेत ठूलो क्षति पुगेको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) तथा नेपाल र चीनका साझेदार संस्थाका वैज्ञानिकहरूले प्रारम्भिक अध्ययनमा उच्च हिमाली क्षेत्रमा उत्पन्न हिउँ–चट्टानको हिमपहिरो (आइस–रक एभालान्च) का कारण बाढी आएको हुनसक्ने बताएका छन्। भिडियो फुटेज…

Read More

झापा, ११ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ । देशको हिमाली र पहाडी भूभागका केही स्थानमा चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस प्रदेश साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभाग, बागमती र गण्डकी प्रदेशको हिमाली भूभाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना…

Read More

झापा, १० भदौ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीपछि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत ११४ जना बाढी प्रभावितको हवाई उद्धार गरिएको छ । नेपाल प्रहरीका अनुसार नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जना र निजी क्षेत्रका विभिन्न हेलिकप्टर कम्पनीले २९ जनाको उद्धार गरेका छन् । नेपाली सेनाले टिमुरे–धुन्चेबाट ६० जना, टिमुरे–त्रिशूलीबाट १३ जना, मैलुङबाट पाँच जना, बेत्रावतीबाट चार जना र त्रिशूली–काठमाडौँबाट तीन जनाको उद्धार गरेको जनाएको छ । त्यसैगरी, निजी क्षेत्रका हेलिकप्टर कम्पनीमध्ये कैलाश हेलिकप्टरले रसुवाबाट टिचिङ अस्पतालमा पाँच जना, सिम्रिकले रसुवाबाट तीन जना, अन्नपूर्णले रसुवाबाट टिचिङ अस्पतालमा चार जना, प्रभुले रसुवाबाट टिचिङ अस्पतालमा पाँच जना, सिम्रिकले…

Read More

झापा, १० भदौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाल–चीन सीमा क्षेत्रमा चट्टानसहितको हिमपहिरो गएको र त्यसका कारण ल्हेन्दे खोलामा गेग्र्यानसहितको बाढी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ । प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीका अनुसार रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व नेपाल–चीन सीमामा चट्टानसहितको हिमपहिरो गएको प्रारम्भिक विश्लेषणबाट देखिएको हो । उक्त हिमपहिरोका कारण ल्हेन्दे खोलामा गेग्र्यानसहितको बाढी आएको र टिमुरे हुँदै त्रिशूली नदीमा मिसिएको प्रारम्भिक अध्ययनबाट देखिएको डा। उप्रेतीले जानकारी दिनुभयो । “स्याटेलाइट तस्बिरको प्रारम्भिक विश्लेषणका आधारमा रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व नेपाल–चीन सीमामा चट्टानसहितको हिमपहिरो गएको देखिन्छ,” उहाँले भन्नुभयो, “त्यसकै कारण ल्हेन्दे खोलामा गेग्र्यानसहितको बाढी…

Read More

झापा, १० भदौ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास हमाललाई २०८३ साल साउन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको छ । डीएसपी हमालले विभागीय मूल्य–मान्यता तथा आदेश–निर्देशनको पालना गर्दै उच्च मनोबल, साहस र व्यावसायिकताका साथ जिम्मेवारी निर्वाह गरेको भन्दै उनलाई सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको हो । साउन १० गते सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा विभिन्न समुदायका व्यक्तिबीच झडपपछि उत्पन्न हिंसात्मक तथा ध्वंसात्मक गतिविधि नियन्त्रणमा डीएसपी हमालको नेतृत्वमा प्रहरीले प्रभावकारी भूमिका निर्वाह गरेको थियो । प्रहरीले साउन २७ गतेसम्म उक्त क्षेत्रमा निरन्तर परिचालन भई संवेदनशील क्षेत्रको निगरानी, निषेधाज्ञा तथा कर्फ्यु कार्यान्वयन र जनशक्ति परिचालनमार्फत…

Read More

झापा, १० भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवाका नागरिकको उद्धार जारी रहेको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार हालसम्म १२ जनाको उद्धार गरिएको छ। नेपाली सेनाको हेलिकोप्टरमार्फत स्याफ्रुबेँसीबाट ६, मैलुङबाट २ र धुन्चेबाट ४ जनाको उद्धार गरिएको हो। उद्धारका लागि नेपाली सेनाका चार र निजी कम्पनीका आठ गरी १२ वटा हेलिकोप्टर परिचालन गरिएको सेनाले जनाएको छ। यसैबीच, नेपाली सेनाको मेडिकल टोलीले त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा प्रदान गरिरहेको छ।

Read More

बिर्तामोड, १० भदौ । झापाको बिर्तामोडस्थित व्यावसायिक प्रतिष्ठान पीके हबबाट नायिका प्रियंका कार्कीले ऐना र थर्मस किनेकी छन् । भदौ ५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘मास्टर्नी’को प्रमोसनमा पूर्व आएकी उनले पीके हबबाट उक्त सामान किनेकी हुन् । बिर्तामोडको अतिथि सदन नजिकै रहेको पीके हबको अवलोकन गर्दै उनले ऐना र थर्मस किनेर काउन्टरमा पुगेर बिल भुक्तानी गरिन् । पीके हबमा नायिका कार्कीसँगै आएको चलचित्रकर्मीको प्रमोसन टिमलाई स्वागत सम्मान समेत गरेको थियो । पीके हबका सञ्चालक भेषराज दाहालले कार्कीसँगै आएको टोलीलाई सम्मान गर्नुका साथै मायाको चिनो प्रदान गरेका थिए । पीके हबका प्रमोशन विभाग प्रमुख सुमित रजकले संक्षिप्त कार्यक्रमको सहजीकरण गरेका थिए…

Read More