
झापा, ३ असोज । सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ आठ सय रुपैयाँले बढेर तोलाको दुई लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ६० रुपैयाँले बढेर दुई हजार पाँच सय ८० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।
Facebook Comments Box



