झापा, ४ कात्तिक । झापाको मेचीनगर नगरपालिका–१४ धुवागढी निवासी ४० वर्षीय विरबहादुर भुजेलको उपचारका क्रममा मृत्यु भएको छ ।
कात्तिक १ गते दिउँसो आफ्नै एक तले घरको छतबाट अचानक लडेर गम्भीर घाइते भएका भुजेलको उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका उनलाई तत्काल बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालमा उपचार भइरहेका क्रममा कात्तिक ३ गते साँझ निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । मृत्युपछि सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box


