
झापा, २७ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । त्रिवि खेल मैदान कीर्तिपुरमा भएको फाइनलमा सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनीले उपाधि हात पारेको हो । सुदूरपश्चिम रोयल्सले दिएको ८६ रनको सामान्य लक्ष्य भेट्टाउँदै लुम्बिनीले उपाधि जितेको हो ।
लुम्बिनीका लागि दिनेश अधिकारीले सर्वाधिक ४२ रन बनाउनुभयो । कप्तान रोहित पौडेलले १६ रन बनाउँदा डार्सी सटले १४ रन थप्दा निरोशन डिकवेलाले १० रन जोड्नुभयो । सुदूरपश्चिमका लागि हेमन्त थामीले दुई विकेट लिँदा कप्तान दीपेन्द्रसिंह ऐरी र अविनाश बोहोराले एकरएक विकेट लिनुभयो ।
Facebook Comments Box

