
बिर्तामोड, १२ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज झापाको बिर्तामोडमा जनजागरण सभा गर्दै छ ।
जेनजी आन्दोलनपछि राजनीतिक अवस्थालाई मध्यनजर गर्दै पार्टीको धारणा, दृष्टिकोण र मुलुकको पछिल्लो अवस्थाबारे आमनागरिकलाई जानकारी गराउने उद्देश्यले पार्टीले जनजागरण सभा गर्न लागेको राप्रपा झापाका प्रवक्ता सूर्य खतिवडाले जानकारी दिनुभयो ।
जनजागरण सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । जनजागरण सभामा झापाका १५ वटा स्थानीय तहका १३१ वटै वडाका सहभागी आउने जनाइएको छ ।
जनजागरण सभाका लागि पूर्वबाट पार्टी नेतृ सबिना बजगाईंको नेतृत्वमा, पश्चिमबाट पार्टीका प्रदेश अध्यक्ष राम थापा, उत्तरतर्फको केन्द्रीय प्रवक्ता भक्ति सिटौला र दक्षिणतर्फको नेतृत्व पार्टी अध्यक्ष राजेन्द्र लिङ्नेले गर्नुहुनेछ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



