
झापा, ६ माघ । निवर्तमान सभामुख तथा नेकपा (एमाले) नेता देवराज घिमिरेले झापा निर्वाचन क्षेत्र नम्बर २ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, निवर्तमान उपसभामुख इन्दिरा रानामगरले रास्वपाबाट उम्मेदवारी गराउनुभएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनीहरुले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन पत्र दर्ता गराएका हुन् ।
घिमिरे २०७९ को निर्वाचनमा पनि यसै क्षेत्रबाट निर्वाचित भएका थिए । उनी पुनः सोही क्षेत्रबाट जनताको मत माग्न चुनावी मैदानमा उत्रिएका हुन् ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



