
झापा, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ३ हजार ४८४ जनाले उम्मेदवारी दिएका छन् । चुनावमा ६८ दलका तर्फबाट २ हजार २ सय ९७ जनाले मनोनयन दर्ता गराएका छन् । जसमध्ये २३५ महिला,२ हजार ६४ पुरुष र १ जना अन्य छन् ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कूल ३ हजार ४८४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार उम्मेदवारहरूले आ–आफ्नो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । ३८५ महिला, ३ हजार ८८ पुरुष र १ अन्य गरी ३ हजार ४८४ जनाले मनोनयन दर्ता गराएको निर्वाचन आयोगका प्रवक्ता भट्टराईले बताए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



