
झापा, १३ माघ । सुनचाँदीको भाउ आज पनि बढेको छ । भाउ बढेर सुनचाँदीको भाउ आज अहिलेसम्मकै उच्च भएको छ । सुन आज तोलामा ३ सय रुपैयाँले बढेर तोलाको ३ लाख ९ हजार ३ सय रुपैयाँ पुगेको नेपाल नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ९ हजार रुपैयाँ थियो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा ९५ रुपैयाँले बढेर तोलाको ६ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदी तोलाको ६ हजार ७ सय ६५ रुपैयाँ थियो ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



