
झापा, २७ माघ । झापाको बिर्तामोड नगरपालिका–२ चारपानेस्थित एक उद्योगमा गएराति करेन्ट लागेर मजदुरको मृत्यु भएको छ ।
यहाँस्थित ओमकार रेडिमेड कङ्क्रिट प्रालिमा काम गर्ने शिवसताक्षी नगरपालिका–४ का २८ वर्षीय राजिव राजबंशीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिनुभयो ।

उद्योगको मिक्चर मेसिन सफा गर्ने क्रममा मिक्चर मेसिनमा हिल्टी हान्दा करेन्ट सर्ट भएर करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड पु¥याइएको र उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मृतकको शव हाल सोही अस्पतालको शवगृहमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

