
झापा, २७ माघ । नेपालको डिजिटल पूर्वाधार सुधारका लागि विश्व बैंकले ५ करोड अमेरिकी डलर लगानी गर्ने भएको छ।
विश्व बैंकले स्वीकृत गरेको नेपाल डिजिटल रूपान्तरण परियोजना अन्तर्गत एकीकृत अनलाइन नागरिक सेवा पोर्टल, सामाजिक दर्ता प्रणाली, सुरक्षित सरकारी डेटा एक्सचेन्ज, डिजिटल लकर, डिजिटल वालेट, इलेक्ट्रोनिक हस्ताक्षर तथा साइबर सुरक्षामा लगानी हुनेछ।

परियोजनाले सरकारी सेवाको डिजिटलीकरण, निजी क्षेत्रको लगानी प्रोत्साहन, कानुनी तथा नियामकीय सुधार, सार्वजनिक दक्षता र असल शासनमा योगदान गर्ने अपेक्षा गरिएको छ।
Facebook Comments Box

