
रामेछाप, २७ माघ । रामेछापको मन्थली नगरपालिका–६ त्रिवेणीघाट नजिक तामाकोसीमा बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ।
मंगलबार बिहान काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००५ ख ९९७५ नम्बरको बस दुर्घटनामा ८ जना घाइते भएका छन्। घाइतेमध्ये चालकको मन्थलीमै उपचार भइरहेको छ भने गम्भीर घाइते ७ जनालाई धुलीखेल र काठमाडौँ पठाइएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिनुभयो।

रिफर गरिएकामध्ये ६ जनालाई धुलीखेल अस्पताल र एक जनालाई काठमाडौँ ल्याइएको छ। केही यात्रुको घटनास्थलमै र केहीको मन्थली अस्पतालमा मृत्यु भएको हो। बस मन्थली हुँदै ओखलढुंगाको पोल्थलीतर्फ जाँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।
Facebook Comments Box

