
दोलखा, ३ फागुन । कालिञ्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य घरायसी विवादका क्रममा जेठाजु चन्द्र बहादुर थामी (६८) ले बुहारी देउमाया थामी (५१) को खुकुरी र ढुङ्गाले प्रहार गरी हत्या गरेका छन् ।
शनिवार दिउँसो ४ बजे भएको घटनापछि फरार रहेका चन्द्र बहादुरलाई प्रहरीले सोही दिन साँझ करिब ५ः३० बजे कालिञ्चोक–६ लेप्टुङ अधेरी खोल्साबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले बताए । घटनामा प्रयोग भएको खुकुरी समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Facebook Comments Box

