
झापा, ७ फागुन । झापाको कमल गाउँपालिका–४ सरस्वती टोलस्थित भित्री सडकखण्डमा मिक्स्चर बोकेको ट्रयाक्टर पल्टिँदा १० जना घाइते भएका छन् ।
हिजो बिहान करिब ९ बजे दमकबाट क्याम्पा बजारतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ त ९६९६ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट तल पल्टिएको प्रहरीले जनाएको छ ।

घाइतेको अवस्था
दमक अस्पताल, दमकमा उपचारपछि बीएण्डसी अस्पताल रेफर गरिएका
चित्रप्रसाद लिखासन (४५, कमल–२) – दाहिने खुट्टामा चोट, अवस्था मध्यम
हरि राजवंशी (४२, दमक–४) – कुममा चोट, अवस्था मध्यम
सन्तोष ऋषिदेव (३०, कमल–५) – अनुहारमा सामान्य चोट
दमक अस्पताल एण्ड रिसर्च सेन्टरमा उपचार भइरहेका
सागर ढुङ्गाना (२८, कमल–६) – टाउकोमा सामान्य चोट
जोखु पासवान (३०, बारा) – दाहिने खुट्टामा सामान्य चोट
जनक साह (१८, रौतहट) – टाउकोमा सामान्य चोट
राजदेव साह (५०, बारा) – बायाँ खुट्टामा सामान्य चोट
निमा विश्वकर्मा (४२, दमक–८) – बायाँ हातमा सामान्य चोट
गजेन्द्र बि.क. (३४, दमक–२) – बायाँ हातमा सामान्य चोट
सुमन नेपाली (१८, कमल–५) – दाहिने हातमा सामान्य चोट
इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक नविन राईको नेतृत्वमा टोली खटिएर ट्रयाक्टर र चालक भुवन बि.क. (२४, इलाम चुलाचुली–५) लाई नियन्त्रणमा लिएको छ ।

