
झापा, २२ फागुन । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट खाता खोलेको छ । कांग्रेसका योगेश गौचनले एमालेका इन्द्र धारा विष्टलाई हराएर जित निकालेका हुन् ।
उनी अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि विजयी भएका थिए । नेपाली कांग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छोरा समेत रहेका उनले १ हजार ५ सय १ अन्तरले जित निकालेका हुन् । गौचनले ३ हजार ३ सय ७ मत ल्याउँदा निकटतम प्रतिश्पर्धी विष्टले १ हजार ८ सय ६ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका अद्वितीय चन्द्र थकालीले ७ सय ५९ मत पाउँदा अरु दल निकै कम अंकमा समेटिए ।
मुस्ताङबाट शेरचनले ०७९ को निर्वाचनमा पनि जितेका थिए । ०७९ मा योगेशले ३९९६ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रेम प्रसाद तुलाचनले ३ हजार ७८ मत ल्याएका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



