
झापा, २२ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नं ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी हुनुभएको छ ।
काठमाडौँ क्षेत्र नं ६ को अन्तिम मतपरिणाम अनुसार रास्वपाका खनालले २७ हजार ७ सय १९ मत प्राप्त गर्दै विजयी हुनुभएको निर्वाचन अधिकृत चपला पोखरेलले जानकारी दिनुभयो । यस्तै खनालको निकटतम प्रतिद्धन्द्धीमा नेपाली काँग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६ सय ४७ मत प्राप्त गर्नुभएको छ ।
काठमाडौँ क्षेत्र नं ६ मा कूल ४३ हजार ८ सय ६३ मत खसेको निर्वाचन अधिकृत पोखरेलले बताउनुभयो ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



