
झापा, २२ फागुन । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर–८ को अन्तिम नतिजा सार्वजनिक भएको छ । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विराजभक्त श्रेष्ठले २४ हजार ५९२ मत प्राप्त गर्दै सानदार विजय हासिल गरेका छन् ।
निकटतम प्रतिद्वन्द्वीलाई २१ हजारभन्दा बढी मतान्तरले पछि पार्दै विजयी भएका श्रेष्ठपछि दोस्रो स्थानमा रहेका नेकपाका सुमन सायमीले ३ हजार २१७ मत मात्र पाए ।
नेपाली कांग्रेसकी सपना राजभण्डारीले २ हजार ८३५ मत प्राप्त गरिन् । नेकपा एमालेका राजेश शाक्य र राप्रपाका नबिन शाहीले समान १ हजार ९०९ मत पाए भने उज्यालो नेपाल पार्टीका राजन खड्गीले १ हजार ३३ मत प्राप्त गरे ।
निर्वाचन कानुनअनुसार सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ । काठमाडौं–८ मा खसेको कुल मतको आधारमा दोस्रो स्थानमा रहेका उम्मेदवारले समेत थ्रेसहोल्ड पार गर्न नसकेकाले यहाँ प्रतिस्पर्धा गरेका सबै २१ जना उम्मेदवारको जमानत जफत भएको हो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



