
झापा, २३ फागुन । हालसम्मको मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २५ जितसहित कुल ११७ सिटमा प्रतिस्पर्धा गर्दै अग्रस्थानमा देखिएको छ।
यस्तै, नेपाली कांग्रेस ५ जितसहित १४ सिटमा सीमित रहँदै दोस्रो स्थानमा देखिएको छ। एमाले १ जितसहित १२ सिटमा प्रतिस्पर्धा गरिरहेको छ भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले २ जितसहित १२ स्थानमा अग्रता देखिएको छ ।

श्रम संस्कृति पार्टी ५ सिटमा प्रतिस्पर्धा गरिरहेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी १ सिटमा प्रतिस्पर्धारत देखिएको छ । प्रगतिशील लोकतान्त्रिक पार्टीले भने हालसम्म उल्लेखनीय उपस्थिति देखाउन सकेको छैन । स्वतन्त्र उम्मेदवार महावीर पुनले अग्रता लिइरहेका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

