
झापा, २८ फागुन । चालु आर्थिक वर्ष २०८२–८३ को सात महिनामा विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस अवधिमा विप्रेषण ३९.८ प्रतिशतले वृद्धि भई रु १२ खर्ब ६१ अर्ब १ करोड पुगेको छ।
गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.७ प्रतिशतले मात्र बढेको थियो । चालु वर्षको माघ महिनामात्रै रु १ खर्ब ९८ अर्ब ८ करोड बराबर विप्रेषण भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही महिनामा रु १ खर्ब ३७ अर्ब ५० करोड थियो ।

माघ मसान्तसम्म अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३ प्रतिशतले बढेर ८ अर्ब ८६ करोड पुगेको छ। यस अवधिमा खुद द्वितीय आय (ट्रान्सफर) रु १३ खर्ब ८४ अर्ब २७ करोड पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि हो।
त्यस्तै, वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० लिने नेपालीको सङ्ख्या २,४५,१५३ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २,२७,४२४ रहेको राष्ट्र बैंकले जनाएको छ।

