
झापा, ५ चैत । आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन तोलामा रु पाँच हजार ४०० र चाँदी रु १४० ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु ३ लाख दुई हजार ३०० र चाँदीको मूल्य रु ५ हजार १० कायम भएको छ ।
हिजो बुधवार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख सात हजार ७०० र चाँदीको मूल्य रु पाँच हजार १५० कायम भएको थियो ।
Facebook Comments Box



