
इलाम, २६ चैत । इलामको फाकफोकथुम गाउँपालिका–२ फलाटेमा चट्याङ लागेर एक गाईको मृत्यु भएको छ ।
चैत २५ गते वर्षा र हावाहुरीसँगै परेको चट्याङले लागेर स्थानीय महनबहादुर राईको गाई मरेको हो । घरदेखि करिब १० मिटर पूर्वमा रहेको बाँसको खाँबा तथा टिनको छाना भएको गाईगोठमा राखिएको गाई मरेको हो ।
प्रहरीका अनुसार उक्त घटनाबाट करिब ८० हजार रुपैयाँ .बराबरको क्षति भएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


