
झापा, २४ बैशाख । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका–७ किसानपुरमा डेढ वर्षीय बालकसहित आमा मृत फेला परेकी छन् ।
किसानपुरकी २३ वर्षीया बबिता साह झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । उनका १८ महिने छोरा आरभ साह पूजा कोठामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता गणेशबहादुर बमले जानकारी दिनुभयो ।
वैदेशिक रोजगारीमा रहेका मृतक बबिताका श्रीमान आएर २० दिनअघि पुनः विदेश फर्किएको स्थानीयबासीले बताएका छन् । प्रहरी टोलीले घटनास्थलको मुचुल्का उठाएर थप अनुसन्धान अघि बढाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



