
भद्रपुर, ३१ जेठ । प्रखर कवि एवम् पत्रकार राजेश ढुंगानाकृत ‘मुटु फलाम भएर’ कविता संग्रह विमोचन भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंको सभाहलमा शनिबार वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले कवि ढुंगानाको तेस्रो कविता संग्रहको विमोचन गर्नुभएको हो । प्राडा लक्ष्मणप्रसाद गौतमले कवि राजेशको कवित्व र सिर्जनाको मौलिक वैशिष्ठ्य बारे टिप्पणी गर्नुभएको थियो ।
कार्यक्रममा सात्यिकार कृष्ण धरावासीले ढुंगानाको सिर्जना कवितादेखि पत्रकारितासम्मको यात्राको बारेमा सुनाउनुभएको थियो । कवि ढुंगानाका कवितामा सिर्जनशीलता, प्रभावोत्पादक, सन्देशमूलक, क्रान्ति चेतयुक्त र परिवर्तन अपेक्षु रहने गरेको उहाँले बताउनुभयो । यसअघि कवि राजेशको ‘सुकिला मान्छेको सामूहिक मृत्यु’ र ‘मैले खोजेको देश’ कविता संग्रह प्रकाशित छन् ।


