
झापा, १६ असार । आज सुनचाँदीको भाउ घटेको छ । हिजो सोमबार पनि सुनचाँदीको भाउ घटेको थियो । आज सुन तोलामा ४ हजार ५०० रुपैयाँले घटेर तोलाको २ लाख ७७ हजार ९०० रुपैयाँमा झरेको छ ।
हिजो सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले घटेर तोलाको २ लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेको छ । भाउ घटेर चाँदी आज तोलाको ४ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो चाँदी तोलामा १५ रुपैयाँले घटेर तोलाको ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।
Facebook Comments Box


