
बिर्तामोड, २९ असार । विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै व्यक्तित्व विकास र अभिभावकसँग रचनात्मक सहकार्य गर्दै आएको आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोडले ‘हाम्रो विद्यार्थी–हाम्रो भविष्य’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
आदर्श ब्याङ्केटमा आयोजित कार्यक्रममा विद्यार्थी तथा नागरिकको प्रत्यक्ष जीवनसँग जोडिएको मानसिक स्वास्थ्य र लागूऔषध दुव्र्यसन न्यूनीकरणमा विद्यार्थी तथा अभिभावकको भूमिका अत्यन्त महत्वपूर्ण रहेको विषयमा जोड दिइएको थियो।
कार्यक्रममा मानसिक स्वास्थ्यसम्बन्धी विषयमा डा. सन्दर्भ अधिकारी र लागूऔषध दुव्र्यसन न्यूनीकरणसम्बन्धी विषयमा रि बर्थ पुनर्स्थापना केन्द्रका संस्थापक राजु गिरीले सहजीकरण गर्दै विद्यार्थी र अभिभावकलाई आवश्यक जानकारी तथा सुझाव प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा बिर्तामोड मेडिकल हल, सुरुवाती कोठा नेपाल–झापा, आदर्श हस्पिटालिटी र निधी सेकेन्डरी स्कुलको सहकार्य तथा समन्वय रहेको थियो।
अन्तरक्रिया कार्यक्रममा ५० भन्दा बढी अभिभावक र करिब २०० विद्यार्थीको सहभागिता रहेको थियो। आदर्श कलेजका संस्थापक प्रल्हाद खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमबारे जानकारी विद्यार्थी कल्याण विभागकी सुपरभाइजर पूजन भट्टराईले जानकारी दिनुभयो ।


