
झापा, ३१ असार । स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा फ्रान्सलाई २–० गोलअन्तरले पराजित गर्दै स्पेनले उपाधिनजिकको यात्रा तय गरेको हो ।
अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा स्पेनका लागि मिकेल ओयारजाबाल र पेड्रो पोरोले एक–एक गोल गरे ।
स्पेनले २२औँ मिनेटमा अग्रता लिएको थियो । फ्रान्सका लुकास डिग्नेले लामिन यमालमाथि फाउल गरेपछि प्राप्त पेनाल्टीलाई मिकेल ओयारजाबालले गोलमा परिणत गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए ।
दोस्रो हाफको ५८औँ मिनेटमा पेड्रो पोरोले अर्को गोल थपेपछि स्पेन २–० ले अघि बढ्यो । त्यसपछि दुवै टोलीले केही अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन ।
यससँगै फ्रान्सलाई २–० ले पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । अब स्पेनले उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।


