
झापा, ३ साउन । झापाको शिवसताक्षी उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ।
अध्यक्षमा अग्निप्रसाद दुलाल सर्वसम्मत निर्वाचित भएका छन्।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा भोजराज ढकाल, उद्योग उपाध्यक्षमा सुबोधकुमार शाह, वाणिज्य उपाध्यक्षमा तेजनाथ घिमिरे, महासचिवमा विनोद सापकोटा, उद्योग सचिवमा कमल विक, वाणिज्य सचिवमा जितेन्द्रकुमार शाह तथा कोषाध्यक्षमा खनिमाया श्रेष्ठ निर्वाचित भएका छन्।
त्यस्तै, खुला सदस्यमा मनबहादुर श्रेष्ठ, युवराज थापा, अशोक बस्नेत, लीलाबहादुर जोशी, प्रेमध्वज जबेगु र धनकुमार ढकाल तथा महिला सदस्यमा सीता बास्कोटा र सरस्वता श्रेष्ठ निर्विरोध चयन भएका छन्।
निर्वाचन समितिका संयोजक सुमन काफ्लेले विधान र स्वीकृत निर्वाचन कार्यतालिकाअनुसार सम्पूर्ण प्रक्रिया निष्पक्ष, पारदर्शी र विधिसम्मत रूपमा सम्पन्न भएको जानकारी दिए।
निवर्तमान अध्यक्ष यामनाथ काफ्लेले दुई संस्थाको एकीकरणपछि पहिलो कार्यसमिति नै सर्वसम्मत रूपमा चयन हुनु संस्थागत परिपक्वता, व्यवसायीबीचको विश्वास र एकताको सशक्त उदाहरण भएको बताए।


