
झापा, ४ साउन । काठमाडौँ। फ्रान्सका स्टार स्ट्राइकर किलियन एम्बाप्पे ले फिफा विश्वकप २०२६ मा सर्वाधिक गोलकर्ता बन्दै लगातार दोस्रोपटक गोल्डेन बुट जितेका छन्।
यससँगै एम्बाप्पे विश्वकप इतिहासमा लगातार दुई संस्करणमा सर्वाधिक गोलकर्ताको पुरस्कार जित्ने पहिलो खेलाडी बनेका छन्।
उनले विश्वकप २०२६ मा ८ खेल खेल्दै १० गोल गरेका छन्। उनले ८ गोल गरेका अर्जेन्टिनाका लियोनेल मेस्सी लाई पछि पार्दै गोल्डेन बुट आफ्नो नाममा पारे।
यसअघि सन् २०२२ को कतार विश्वकपमा पनि एम्बाप्पेले ८ गोल गर्दै गोल्डेन बुट जितेका थिए।
तेस्रो स्थानका लागि भएको खेलमा फ्रान्स इङ्ग्ल्यान्डसँग ६–४ ले पराजित भए पनि एम्बाप्पेले दुई गोल गर्दै आफ्नो कुल गोल संख्या १० पुर्याएका थिए।
गोल्डेन बुटको दौडमा एम्बाप्पेपछि मेस्सी ८ गोलसहित दोस्रो स्थानमा रहे। नर्वेका अर्लिङ हालान्ड तथा इङ्ग्ल्यान्डका जुड बेलिङ्घम ले समान ७ गोल गरे भने इङ्ग्ल्यान्डका ह्यारी केन र फ्रान्सकै ओस्मान डेम्बेले ले ६–६ गोल गरे।
एम्बाप्पेले समूह चरणमा सेनेगलविरुद्ध २, इराकविरुद्ध २, राउन्ड अफ ३२ मा स्विडेनविरुद्ध २, राउन्ड अफ १६ मा पाराग्वेविरुद्ध पेनाल्टीमार्फत १, सेमिफाइनलमा मोरक्कोविरुद्ध १ तथा तेस्रो स्थानको खेलमा इङ्ग्ल्यान्डविरुद्ध २ गोल गर्दै प्रतियोगितामा कुल १० गोल पूरा गरेका हुन्।


