
राजेश ढुंगाना
नउदाउने
सूर्यका आशामा
मैले
छट्पटाएर
सिङ्गै एउटा अनिदो रात
कटाएको छु
रातभरि
जाग्राम बसेर
मैले खोजेको बिहानको सूर्य
नउदाउँदै किन यसरी
अस्ताएको छ ?
मेरो माटोमा
सधैँ अन्धकार छ
मेरो देशमा
सधैं महाप्रलय छ
यो सत्य बिर्सँदै
म
सूर्य उदाउने विश्वासमा छु ।
के
उदाउला त त्यो
मेरो चम्किलो सूर्य ?
म यतिबेला पनि
त्यही आशामा
जीवित बसेको छु – मरेर ।
– भद्रपुर, झापा
Facebook Comments Box


