
झापा, २० साउन । विश्व शान्ति, सद्भाव र मानवताको प्रवर्द्धन गर्ने उद्देश्यले लायन्स क्लब अफ अनारमनीको आयोजनामा सोमबार बिर्तामोडस्थित मुक्ति चोकमा शान्तिदीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ ।
लायन्सका विभिन्न क्लबहरूको सामूहिक सहभागितामा आयोजित कार्यक्रममा विभिन्न क्लबका पदाधिकारी, सदस्य तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममार्फत विश्वभर शान्ति, सद्भाव र मानवीय मूल्यको संरक्षण तथा प्रवर्द्धनका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरिएको लायन्स क्लब अफ अनारमनीका सचिव सृजन अधिकारीले जानकारी दिनुभयो ।
Facebook Comments Box


