
झापा, २२ साउन । आज पनि सुन चाँदीको भाउ बढेको छ । । तीन दिनमा सुन तोलामा १३ हजार १०० रुपैयाँले बढेको हो ।
हिजो बिहीवार एकैदिन ८ हजार रुपैयाँले र आज सुनको भाउ ९०० रुपैयाँले बढेको छ । सुन आज तोलाको २ लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।
यस्तै, चाँदीको भाउ पनि लगातार बढेको छ । हिजो पनि ९५ रुपैयाँले बढेर ४ हजार ५७० र आज तोलामा १० रुपैयाँँले बढेर चाँदी ४ हजार ५८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Facebook Comments Box


