
भद्रपुर, १० भदौ । झापाको भद्रपुर नगरपालिकाले मुस्लिम धर्मावलम्बीहरूको पर्वका अवसरमा आज भदौ १० गते स्थानीय बिदा दिएको छ ।
भदौ ८ गते बसेको नगर प्रमुखस्तरीय निर्णयअनुसार मुस्लिम धर्म प्रवर्तक पैगम्बर हजरत मोहम्मदको १५०१औँ जन्मजयन्तीका अवसरमा भद्रपुर नगरपालिका क्षेत्रभित्र स्थानीय बिदा दिइएको हो । नगरपालिकाका अनुसार उक्त दिन नगर कार्यपालिकाको कार्यालय, वडा समितिका कार्यालय, नगरपालिकाअन्तर्गतका निकाय तथा विद्यालयहरूमा स्थानीय सार्वजनिक बिदा लागू हुनेछ । भद्रपुर नगरपालिकाले बिदा कार्यान्वयन गर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

Facebook Comments Box


