
झापा, ११ भदौ । आज सुनको भाउ १ हजार २०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा ३ लाख २० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको भाउ हिजो एक सय रुपैयाँले घटेर तोलाको तीन लाख २२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको भाउ १० रुपैयाँले घटेर तोलाको ४ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी ७५ रुपैयाँले बढेर तोलाको चार हजार नौ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।
Facebook Comments Box


