
झापा, १२ भदौ । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा त्यसबाट सिर्जित विपद्मा बेपत्ता भएकामध्ये हालसम्म ४६९ जनाको शव फेला परेको छ ।
नेपाल प्रहरीले शुक्रबार बिहान ७ बजेसम्मको विवरण सार्वजनिक गर्दै ८ जिल्लाबाट ४६९ जनाको शव फेला परेको जनाएको हो । प्रहरीका अनुसार रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, चितवनमा १७८, गोरखामा ४४, तनहुँमा २८, नवलपरासी पूर्वमा ११० र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको छ ।
फेला परेका शवमध्ये सबैभन्दा धेरै चितवनमा १७८ जना र त्यसपछि नवलपरासी पूर्वमा ११० जना रहेका छन् । त्यस्तै गोरखामा ४४, नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा बेपत्ता व्यक्तिको खोजी तथा उद्धार कार्य अझै जारी रहेको प्रहरीले जनाएको छ।


