
झापा, १४ भदौ । अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि थप ३६ लाख अमेरिकी डलरभन्दा बढीको मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली जनता कठिन घडीमा रहेका बेला अमेरिकाले साथ दिँदै ३६ लाख अमेरिकी डलरभन्दा बढीको जीवनरक्षक मानवीय सहायता उपलब्ध गराउने उल्लेख गरिएको छ । विज्ञप्तिअनुसार उक्त सहयोगबाट करिब तीन महिनासम्म १० हजार बाढीपीडितलाई खाद्य सामग्री उपलब्ध गराइनेछ ।
यसअघि पनि अमेरिकाले नेपालका बाढीपीडितका लागि ५ लाख अमेरिकी डलर (करिब ७ करोड ६० लाख रुपैयाँ) बराबरको मानवीय सहायता घोषणा गरेको थियो ।
Facebook Comments Box


