
भद्रपुर, १५ भदौ । भोटेकोशी बाढीपीडितलाई राहत दिन लागि रुद्र-गौरी श्री-अम्बिका ओली प्रतिष्ठान भद्रपुरले आर्थिक सहयोग गरेको छ ।
प्रतिष्ठानले बाढीपीडितको सहयोगार्थ एक लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको हो । प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले प्रधानमन्त्री विपद् राहत कोषमा रकम जम्मा गरिसकिएको बताउनुभयो ।
भोटेकोशीले निम्त्याएको महाविपत्तिले देश नै शोकमा डुबेको बताउनुहुँदै उहाँले पीडितको पीडामा थोरै भए पनि महलमपट्टि गर्ने उद्देश्यले सहयोग गरिएको बताउनुभयो ।

Facebook Comments Box


