
झापा, १६ भदौ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ६ हजार १०० रुपैयाँ र चाँदी प्रतितोला ४ हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँ तथा चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो।
सोमबारको तुलनामा आज सुन प्रतितोला ५०० रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो ।
Facebook Comments Box


