
झापा, २० भदौ । आज देशभर साधारणतया बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ भने विभिन्न प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ।
दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। हिमाली भू–भागका केही स्थानमा वर्षा तथा हिमपात र पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका धेरै तथा मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्ने पूर्वानुमान छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भाग, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राति पनि वर्षाको सम्भावना
राति पनि देशभर साधारणतया बदली रहनेछ। हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ।
तराई भू–भागका केही स्थानमा समेत मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्नेछ। सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा राति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।


