
बिर्तामोड, २१ भदौ । किरात राई यायोक्खा झापाको ९ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा पुनः गणेशबहादुर राई निर्वाचित भएका छन् ।
यायोक्खा झापाको शनिवारदेखि शुरु भएको अधिवेशनको बन्दसत्रको ठूलो प्रयासपछि गणेशबहादुर राईको नेतृत्वमा १५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्म्मत चयन भएको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा चीजा राई निर्वाचित भएकी छिन् भने सचिवमा पुनः गौरीमान राई सर्वसम्मत निर्वाचित भएका छन् ।
यसैगरी सह–सचिमा सन्देश राई, सुनिल राई र धनकुमार राई, कोषाध्यक्षमा सन्तोष राई पनि सर्वसम्मतीबाट निर्वाचित भएका छन् । सदस्यहरुमा अबिरल राई, मानबहादुर बान्तवा राइ, बिमला बान्तवा राई, अर्जुनबहादुर राई, बेनु राई, बदीराज राई, मिरन राई र अपर्ण राई निर्वाचित भएको सचिव गौरीमान राईले जानकारी दिए ।
किरात राई यायोक्खाका केन्द्रिय उप–महासचिव अर्जुन जम्नेली राईको संयोजकत्वमा गठित निर्वाचन समितिले भदौं २० र २१ गतेको अधिवेशनमा ठूलो प्रयासपछि सर्वसम्मतीमा झापा जिल्ला कार्य समिति चयन भएको हो ।
निर्वाचन समितिको सदस्यहरुमा केन्द्रिय सचिव नगेश चन्द्र राई, कोशी प्रदेश अध्यक्ष पारसमणि राई, प्रदेश सचिव राम माण्डुपा राई, जिल्ला ससल्लाहकारहरु दिपेनवाला राई, एलडी राई, दिपिन राई, निरबहादुर राई, समर थुलुङ राई, तथा निर्वाचन मण्डलका महिला सदस्यहरु अनिता राई र सलिना राईको ठूलो प्रयासपछि सर्वसम्मत समिति गठन भएको बताइएको छ ।
किरात राई यायोक्खा झापा नवौं झापा जिल्ला अधिवेशनको उद्घाटन किरात राई यायोक्खाका केन्द्रिय अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि जीवन हताचो राईले गरेका थिए ।


