
झापा, २३ भदौ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज (भदौ २३ गते मंगलबार) देशभर सामान्यतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भू–भागमा मेघगर्जनसहित मध्यम वर्षा हुने तथा यी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ ।
त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षा हुनसक्ने विभागले जनाएको छ ।
मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भू–भागका केही स्थानमा तथा सुदूरपश्चिमका तराई भू–भागका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकीका हिमाली, पहाडी तथा तराई भू–भाग तथा लुम्बिनीका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ ।
राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ ।
मधेश तथा कोशी, बागमती र गण्डकीका तराई भू–भागका केही स्थानमा र लुम्बिनी तथा सुदूरपश्चिमका तराई भू–भागका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकीका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा राति भारी वर्षा हुनसक्ने विभागले जनाएको छ । भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, डुबान तथा पहिरोको जोखिमप्रति सतर्क रहन आग्रह गरिएको छ ।


